


सामाजिक दुरीको नियमलाई उल्लंघन गर्दा बेलायतका प्रमुख वैज्ञानिक पदमुक्त


-
-
बैशाख २४ गते, २०७७ - १२:५०

काठमाडौं । कोरोना भाइरसको अवस्थालाई हेर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लकडाउनको सल्लाह दिने बेलायती वैज्ञानिक नील फग्र्यूसन सामाजिक दुरीको नियमलाई पालना नगर्दा कारबाहीमा परेका छन् । बेलायतको प्रमुख वैज्ञानिकको जिम्मेवारीमा समेत रहेका उनले नैतिकताको आधारमा आफ्नो पदबाट समेत राजीनामा दिएका छन् ।
उनी कोरोना महामारी नियन्त्रणको विषयमा सरकारको प्रमुख सल्लाहकारसमेत थिए । उनको सल्लाहबाटै गत २३ मार्चमा लकडाउनको घोषणा भएको थियो ।
बेलायती सञ्चार माध्यमले जनाएअनुसार प्रोफेसर नीलले लकडाउनको समयमा एक महिलालाई दुई पटक आफ्नो घर आउन जान दिएका थिए । उनले आफुँले गल्ती गरेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका हुन् । उनले सञ्चारमाध्यममार्फत संक्रमण रोक्न सरकारले लागु गरेको सामाजिक दुरीको नियमलाई आफुँले उल्लंघन गरेको स्वीकार गरेका छन् ।
वैज्ञानिक नीलआवद्ध संस्थाले विश्व स्वास्थ्य संगठनलाई पनि महामारी नियन्त्रणबारे सुझाव दिँदै आएको छ । उनी आवद्ध साइन्टिफिक एडवाइजी गुप्र फर इमरजेन्सीले विश्वलाई कोरोनाको खतराबारे जानकारी दिएको थियो । यस संस्थाले अफ्रिकामा इबोला फैलिँदा पनि त्यसको नियन्त्रणबारे अभियान चलाएको थियो ।
बीबीसीले जनाएअनुसार वैज्ञानिक नीलले साइन्टिफिक एडवाइजरी गुप्रबाट पनि आफुँलाई अलग गर्न लागेका छन् । जनाइएअनुसार उक्त संस्थाबाट पनि आफुँलाई नैतिक दोषी मान्दै राजीनामा दिन लागेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
