Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको ब्लिन्केनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त राज्य अमेरिकामा भइरहेको विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको बताएका छन् ।प्यालेस्टिनी लडाकू हमासमाथिको ‘मौनता’को आलोचना गरेका छन् ।

हमाससँग इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले संयुक्त राज्य अमेरिकाभरका विश्वविद्यालयहरूमा ठूलो मात्रामा गिरफ्तारी गरेको छ । 

प्रदर्शनलाई नियन्त्रणमा लिन अमेरिकी प्रहरीले कतिपय स्थानमा अश्रुग्यास र ‘टेजर’को प्रयोग गरेको छ । उच्च पदस्थ अधिकारीहरूसँगको बैठकपछि बेइजिङमा बोल्दै ब्लिन्केनले भने, “यस्ता प्रदर्शनहरू ‘हाम्रो लोकतन्त्रको पहिचान’ हुन् ।”

“हाम्रा नागरिकले कुनै पनि बेला आफ्ना विचार, चिन्ता, आक्रोश प्रकट गर्छन्,” ब्लिन्केनले चीन भ्रमणका क्रममा बेइजिङमा पत्रकारसँगको कुराकानीमा भने । उनले भने, “मलाई लाग्छ यसले देशको शक्तिलाई प्रतिबिम्बित गर्छ ।”

प्रदर्शनकारीले अक्टोबर ७ मा इजरायलमाथि अभूतपूर्व आक्रमण गर्ने हमासको निन्दा नगरेको पनि उनले बताए । उनले भने, “मैले यसअघि पनि भनिसकेको छु, यदि हमासले आफ्ना हतियारहरूलाई प्रयोग गर्न रोकेमा वा सबै नागरिक सरह बसेमा वा बन्धकहरूलाई मुक्त गरेको भए युद्ध महिनौं अघि नै रोकिन सक्थ्यो ।” 

“निश्चितरूपमा उनीहरूले त्यसो नगर्ने निर्णय गरेका छन्,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा चट्याङ लागेर चार जना घाइते

बझाङ । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन् । खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । एउटा घर जलेर नष्ट हु...

कालिकाेटकाे रास्कोटमा खाद्य डिपो स्थापना

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डि...

मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा

काठमाडौं । प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ ।  आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज सा...

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते

दार्चुला । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन् ।  जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली ...

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए । यो ...

नयाँ सहर विस्तार आयोजना सरकारकाे उच्च प्राथमिकतामा छ: मन्त्री बुढा

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । काठमाडौं उपत्यका भित्र रहेको ...

वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवक पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबा...

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं । अमेरिकामा पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नगरपालिका–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले प...

गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुर । अरनीको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । बाेलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात...

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies