Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ: राष्ट्रपति सी

खबरडबली संवाददाता

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् । यद्यपि उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताए । 

एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गरे । भेटमा अमेरिकी अधिकारीहरूले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्त्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताए । 

“दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन”, उनले भने, “अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”

उनका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुन सक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ । यसअघि भ्रमणमा रहेका विदेशमन्त्री ब्लिङ्केनले रुसका लागि समर्थनसहितका मुद्दामा चिन्ता व्यक्त गरेपछि चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी दबाब ‘ह्रासोन्मुख’ हुने चेतावनी दिए । 

उनले स्व–शासित ताइवानको प्रश्न ‘पहिलो सीमा’ हो भन्दै यसलाई चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने चेतावनीसमेत दिए । ब्लिङ्केनले डियाओयुताई स्टेट गेस्ट हाउसमा वाङसँगको साढे पाँच घन्टासम्म भएको छलफल ‘व्यापक र रचनात्मक’ रहेको बताए । उनले बेइजिङमा शुक्रबार अमेरिकी पत्रकारहरूसँग कुराकानी गर्नेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‍मा बोल्न पाउनुपर्ने भन्दै उपप्रधानमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै  सभामुख देवराज  घिमिरेलाई पत्र पठाएका छन् ।  सहकारीको बचत अपचलनमा  म...

कैलालीकाे लम्की चुहाको चिसापानीमा बेवारिसे शव फेला

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, लम्कीका अनुसार आज दिउँसो कर्णाली नदीको पश्चिम...

पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आएकाे छ:मन्त्री चाैधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आएकाे बताएकी छिन् । मन्त्रालयले...

आगलागीमा पीडितलाई घर बनाउन राहत रकम दिने

विराटनगर । आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विप...

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

काठमाडौं । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले न...

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

धनगढी । धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।  धनगढी उपमहानगरपालिका-४ सहिदगेटमा आज धनगढी-४ का कुबेर कुँवरले च...

केजरीवालले अझै पाएनन् जमानत

काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ । सर्वोच्चले केजरीवाल ...

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्...

जाजरकाेटमा नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट । नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सो...

इजराइली सेनाद्वारा गाजाको राफाह सीमा क्रसिङमा आक्रमण

एजेन्सी । प्यालेस्टिनी र इजराइली स्रोतका अनुसार इजराइली सेनाले मङ्लबार गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ ।  प्याले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies