Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

खबरडबली संवाददाता

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेकाे सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो । 

धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ । 

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले त्यस्तो कुनै पनि कदमलाई प्रतिबन्ध लगाएको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण र उत्पादन बढाउन सक्ने विश्लेषकहरूले बताएका छन् । 

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसएनए) का अनुसार प्योङयाङको नयाँ रक्षा उद्योग एकाइमा बनाइएका ‘मल्टिपल रकेट लन्चरको २४० एमएम शेल’ को ‘उडान सुविधिाहरू र हिट तथा एकाग्रता सूचकहरू’ परीक्षणका क्रममा ‘अत्यन्त सन्तोषजक ढङ्गले मूल्याङ्कन’ गरिएको थियो । 

नेता किमले यस वर्षका लागि युद्ध सामग्री उत्पादन योजनालाई निश्चितरूपमा गुणात्मक ढङ्गले पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिएकाे केसिएनएले बताएको छ । “नयाँ प्रविधिसहितको रकेट लन्चरले उत्तर कोरियाको सेनाको आर्टरी बललाई बलियो बनाउन रणनीतिक परिवर्तन ल्याउने छ”, किमको भनाइ उद्धृत गर्दै केसिएनले भनेको छ । 

यसै साताको प्रारम्भमा किमले मुलुकको पहिलो ‘आणविक ट्रिगर’ अभ्यासको निरीक्षण गरेकाे प्योङयाङले बताएको छ । यसमा दुश्मनहरूलाई चेतावनीका रूपमा आणविक जवाफी हमलाको अनुकरण सामेल थियो । 

सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले शुक्रबारको घोषणाका आधारमा उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी क्षेत्रलाई लक्षित गरी सटीक आक्रमणका लागि मार्गदर्शन प्रविधिलाई एकीकृत गर्न ‘केही प्रगति’ हासिल गरेको जस्तो देखिएको बताए । “सम्पूर्ण मुलुक मिसाइल रक्षा उद्योग प्रदर्शनी जस्तो देखिन्छ”, उनले भने । 

गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलले चेतावनी दिए पनि रेकर्ड सङख्यामा मिसाइल परीक्षण गरेको थियो । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ । 

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिमी’ क्षेत्रीय उल्लङ्घनमा समेत युद्धको धम्की दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशसभामा सभामुखबाट भएको कार्यप्रति कांग्रेसद्वारा असहमति

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा गतिबिधिप्रति असहमति जनाएको छ ।  कांग्रेसले आज...

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी । ५० केजी गाँजासहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछ...

कपिलवस्तुमा घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।   जग्गा नामसारी गर्न सहजीकर...

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो: श्रम मन्त्रालय

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्...

डोटीमा आगलागीबाट एक घरमा सात लाखको क्षति

डोटी । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ । आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो ।  २ तले ४ कोठे ढ...

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न ...

बागमती प्रदेशसभाका विषयगत समितिहरु सभापति विहीन

बागमती । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्व विहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको का...

करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने बताएका छन् ।  लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयो...

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

एजेन्सी । रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी...

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies