Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिकामा दुई सातामै थपिए एक करोड बेरोजगार, ६६ लाखले दिए भक्ताको लागि आवेदन

काठमाडौं । कोरोना भाइरसको बढ्दो तथ्यांकसँगै अमेरिकामा बेरोजगारीले पनि नयाँ रेकर्ड बनाएको छ । अमेरिकाको श्रम मन्त्रालयको आँकडाअनुसार पछिल्लो दुई सातामा मात्रै ६६ लाखभन्दा बढि कामदारले बेरोजगारी भक्ताको लागि आवेदन दिएका छन् । जनाइएअनुसार यो अमेरिकाको इतिहासमै सबैभन्दा बढि बेरोजगारीको संख्या हो ।

अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार पछिल्लो दुई सातामा बेरोजगार भएका व्यक्तिको संख्या एक करोडभन्दा बढि पुगेको छ । जनाएअनुसार यो साताको आँकडा आउन बाँकी छ । अमेरिकामा यसअघि एकै सातामा ६.९५ हजार मानिस बेरोजगार भएको रेकर्ड सार्वजनिक भएको थियो । सन् १९८२ मा सार्वजनिक रेकर्डलाई अहिलेसम्म सबैभन्दा बढि भएकाे मानिएको थियो ।

नयाँ बेरोजगारको वास्तविक संख्या धेरै हुने अनुमान

अमेरिकामा बेरोजगारको संख्या वास्तविक संख्याभन्दा धेरै भएको हुनसक्ने जनाइएको छ । एक रिपोर्टअनुसार कयौं मानिसले टेलिफोन लाइन व्यस्त भएको कारण बेरोजगारी भक्ताको लागि आवेदन दिन नपाएको भन्दै अर्को निवेदन पनि दर्ता गरेका छन् । साथै पार्टटाईम काम गर्ने लाखौं व्यक्ति पनि बेरोजगारी भएका छन् ।

बैंक अफ अमेरिका मेरिल लिंचका प्रमुख अर्थशास्त्री मिशेलले जनाएअनुसार एक महिनाभित्र बेरोजगारीको तथ्यांक तीन गुणाभन्दा बढि हुनेछ ।

\"Jobless
बेरोजगारी भक्ताको निवेदनको लागि लाइनमा बसेका अमेरिकीहरु । तस्बिर : हेडटपिक

कर्मचारीलाई लगातार निकाल्दै छन् कम्पनीहरु

कोरोना भाइरस महामारीको बीच अमेरिकी कम्पनीहरुले लगातार कर्मचारी कटौती गरिरहेका छन् । एक रिपाेर्टअनुसार मार्च महिनामा मात्रै थप एक लाख मानिसलाई कम्पनीहरुले निकाल्नेछन् । जनाइएअनुसार पार्टटाईम कामदार राख्ने धेरै कम्पनीले कामदार निकाल्न सुरु गरिसकेका छन् । जसको कारण बेरोजगारीको तथ्यांक ह्वात्तै बढ्नेछ । जसले नयाँ रेकर्डसमेत बनाउनेछ । जनाइएअनुसार बेरोजगारी भक्ता लिनेको आंकडा बढ्दा सरकारलाई पनि निकै असहज हुनेछ ।

डिज्नीले पनि कर्मचारीलाई विदामा पठाउने फैसला गर्यो

विश्वकै सबैभन्दा ठूलो मनोरञ्जनसँग सम्बन्धि व्यवसायीक कम्पनी डिज्नी इन्टरटेनमेन्टले पनि भारी संख्यामा कर्मचारी कटौती गर्न लागेको छ । जनाइएअनुसार डिज्नीले धेरै कामदारलाई छुट्टीमा पठाउने निर्णय गरेको छ ।

कम्पनीले १९ अप्रिलदेखि धेरै कर्मचारीलाई विदा दिने निर्णय गरेको छ । जनाइअनुसार हाल कम्पनीका विश्वभर २ लाख २३ हजार कामदार छन् । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies