Khabar Dabali Logo
  July 2, Thu

लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

एजेन्सी । हवाइजहाजमा यात्रा गर्दा निश्चित तौलभन्दा धेरैको ब्यागेज भयो भने अतिरिक्त पैसा तिर्नुपर्छ, जुन धेरै महंगो हुन्छ । एयरपोर्टमा ब्यागेज तौल गर्ने बेलामा कतै वजन बढी हुन्छ कि भनेर निकै डर लाग्छ होला तपाईंहरुलाई पनि । कसैगरी निर्धारितभन्दा एक दुई किलो तौल बढी भयो भने त्यहाँका स्टाफसँग अनुरोध गर्नेदेखि केही सामान हाते झोलामा सारेर मिलाउने लगायतका उपाय अपनाइन्छ ।

तर, जब हात झोलामै सामान धेरै हुन्छ, तब आपत पर्दो रहेछ । फिलिपिन्समा एकजना महिलालाई यस्तै आपत् पर्दा निकै अनौठो उपाय अपनाएकी छिन् ।ह्याण्ड ब्यागेजको तौल कम गर्नका लागि उनले यतिधेरै कपडा जीउमा लगाइन् कि सबैजना तीनछक परे । ती महिलाको नाम जेल रोड्रिगेज हो । घटना अक्टोबर २ तारेखको हो । जहाजमा यात्रा गर्ने क्रममा एयरपोर्टमा चेकइन गर्ने बेलामा जब उनको ह्याण्डक्यारी तौल गरियो तब त्यसको वजन साढे ९ किलो रहेछ । सात किलोसम्म मात्रको हाते ब्यागेज निस्शुल्क लैजान पाइने हुनाले बाँकी साढे २ किलोको अतिरिक्त शुल्क तिर्नुपर्ने उनलाई जानकारी गराइयो ।

हात लगेजमा अरु चिज धेरै केही थिएन । धेरै कपडाहरु थिए । उनले तौल मिलाउँछु भन्दै त्यहाँबाट आफ्नो झोला लिइन् र अलि छेउँमा गएर खोलिन् । त्यसपछि झोलाबाट एकपछि अर्को गर्दै कपडाहरु निकालेर जीउमा लगाउन थालिन् । उनले पाँचवटा प्यान्ट, थुप्रै टिर्स तथा ज्याकेट लगाइन् र झोलाको तौल ७ किलोमा झारिन् ।

जेलले आफूले लगाएका ती कपडासहितको फोटो फेसबुकमा शेयर गरेकी छिन् । उनको उक्त पोष्टलाई २० हजार भन्दा धेरैले शेयर गरेका छन् । तर आफुलाई आफ्नो फोटो यति धेरै भाइरल हुन्छ होला जस्तो नलागेको भन्दै उनले यदि भाइरल नै हुन्छ होला भन्ने लागेको भयो झनै राम्रो पोज दिन्थेँ होला भनेकी छिन् ।

स्मरण रहोस् हवाई यात्राका क्रममा झोलाको तौल घटाउन यस्ता हर्कत भएको यो पहिलो घटना चाहीँ होइन । गत वर्षको जुलाई महिनामा स्कटल्याण्डमा एकजना व्यक्तिले आफ्नो लगेजको तौल घटाउन जीउमा १५ वटा शर्ट लगाएका थिए ।

कात्तिक ६ गते, २०७६ - १६:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top