Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

कहिलेसम्म फर्किने काठको बाकसमा नेपाली युवा ?

खबरडबली संवाददाता

काठमाडौं । रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स ९यूएई० पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्किए । यूएईमा भिसा सकिएर गैरकानुनी बनेको अवस्थामा महर्जनको गत २५ फ्रेब्रुअरीमा हृदयाघातका कारण असामयिक निधन भएको थियो ।

‘धन ल्याउँछु भन्दै गएका थियौ, उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आएऊ १ काठैको बाकसमा बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल १’ भन्ने गीत परिवारका लागि बास्तविक बन्यो ।

उनी भिजिट भिसामार्फत यूएई पुगेका थिए । मृतकको परिवारबाट शव नेपाल पठाइदिनका लागि सहयोगको आग्रहसहितको निवेदन नेपाल एसोसिएसन ९एनआरएनए एनसीसी० यूएईलाई प्राप्त भएको थियो । निवेदन प्राप्त भएपछि एनआरएनए अध्यक्ष विकास शाहीले मृतकको शव नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए ।

मृतक नेपालदेखि यूएई पुग्दा भिजिट भिसामा गएका र पछि कुनै कम्पनीको काममा लागि त्यहाँ पनि काम छाडेर गैरकानुनी बसोबास गरेका थिए । सो शव शुक्रबार दिउँसो नेपाल पठाइएको एनआरएनएले जनाएको छ । श्रम स्वीकृत नगरी आएको र शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकको परिवार र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरेको थियो ।

उनी त एक प्रतिनिधिपात्र मात्र हुन् । हरेक दिन एक न एक नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ, तर कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले मुलुकको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा मुलुक, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत मूल्यांकन खोइ रु

धन कमाएर परिवारलाई खुसी दिने आशमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् । गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली मृत्युवरण गरी यसरी बाकसमा विदेशबाट फर्कने वातावरण रोक्नका लागि सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ । विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ ।

विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शवलाई स्वदेशसम्म पु¥याउने जिम्मा राज्यको हो । शव फर्काउन चन्दा उठाउनुपर्ने विषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको संख्या बर्सेनि बढिरहेको देखिएको छ । पछिल्ला आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको देखिएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिको तुलनामा ४७ ले बढी हो । अघिल्लो वर्ष १ हजार २ सय ८ जनाले रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका थिए ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा सचिवालयबाट ७ लाख रुपैयाँ परिवारले प्राप्त गर्ने गर्छन् । तर, विभिन्न भिसामा विदेशमा गएर काम गर्नेक्रममा ज्यान गुमाउनेको संख्या पनि कम छैन । पछिल्ला आठ महिनामा साउदी अरबबाट ५ सय १४, मलेसियाबाट ३ सय ३३, कतारबाट १ सय २३ र संयुक्त अरब इमिरेट्स यूएईबाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गर्नुपर्ने बाध्यता रहेकाे खबर योगेन्द्र योगीले राजधानी दैनिकमा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending