Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

कहिलेसम्म फर्किने काठको बाकसमा नेपाली युवा ?

खबरडबली संवाददाता

काठमाडौं । रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स ९यूएई० पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्किए । यूएईमा भिसा सकिएर गैरकानुनी बनेको अवस्थामा महर्जनको गत २५ फ्रेब्रुअरीमा हृदयाघातका कारण असामयिक निधन भएको थियो ।

‘धन ल्याउँछु भन्दै गएका थियौ, उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आएऊ १ काठैको बाकसमा बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल १’ भन्ने गीत परिवारका लागि बास्तविक बन्यो ।

उनी भिजिट भिसामार्फत यूएई पुगेका थिए । मृतकको परिवारबाट शव नेपाल पठाइदिनका लागि सहयोगको आग्रहसहितको निवेदन नेपाल एसोसिएसन ९एनआरएनए एनसीसी० यूएईलाई प्राप्त भएको थियो । निवेदन प्राप्त भएपछि एनआरएनए अध्यक्ष विकास शाहीले मृतकको शव नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए ।

मृतक नेपालदेखि यूएई पुग्दा भिजिट भिसामा गएका र पछि कुनै कम्पनीको काममा लागि त्यहाँ पनि काम छाडेर गैरकानुनी बसोबास गरेका थिए । सो शव शुक्रबार दिउँसो नेपाल पठाइएको एनआरएनएले जनाएको छ । श्रम स्वीकृत नगरी आएको र शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकको परिवार र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरेको थियो ।

उनी त एक प्रतिनिधिपात्र मात्र हुन् । हरेक दिन एक न एक नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ, तर कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले मुलुकको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा मुलुक, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत मूल्यांकन खोइ रु

धन कमाएर परिवारलाई खुसी दिने आशमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् । गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली मृत्युवरण गरी यसरी बाकसमा विदेशबाट फर्कने वातावरण रोक्नका लागि सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ । विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ ।

विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शवलाई स्वदेशसम्म पु¥याउने जिम्मा राज्यको हो । शव फर्काउन चन्दा उठाउनुपर्ने विषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको संख्या बर्सेनि बढिरहेको देखिएको छ । पछिल्ला आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको देखिएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिको तुलनामा ४७ ले बढी हो । अघिल्लो वर्ष १ हजार २ सय ८ जनाले रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका थिए ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा सचिवालयबाट ७ लाख रुपैयाँ परिवारले प्राप्त गर्ने गर्छन् । तर, विभिन्न भिसामा विदेशमा गएर काम गर्नेक्रममा ज्यान गुमाउनेको संख्या पनि कम छैन । पछिल्ला आठ महिनामा साउदी अरबबाट ५ सय १४, मलेसियाबाट ३ सय ३३, कतारबाट १ सय २३ र संयुक्त अरब इमिरेट्स यूएईबाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गर्नुपर्ने बाध्यता रहेकाे खबर योगेन्द्र योगीले राजधानी दैनिकमा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारीले संकलित पुँजीलाई उचित परिचालन गरेनन्ः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रिय ...

झपा र मोरङका २४ वटा सहकारीबाट लाखाैं चोरी

गिरोह पक्राउपछि चोरी रोकियो

काेशी खेलकुद बोर्डका सदस्य सचिब बस्नेतलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको तयारी

विराटनगर । अदालतको आदेशबाट पुनर्बहाली भएका खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा कृष्ण बस्नेत (पर्शुराम)लाई प्रदेश सरकारले हटाउने तयारी गरेको छ । ...

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

बागलुङ ।  कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपाल...

संवैधानिक परिषद्को निर्णय सर्वसम्मति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरू सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् । ...

एयर इण्डियाका कर्मचारीहरूले अचानक बिदा लिएपछि...

काठमाडौं । एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले सँगै बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी ...

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्यः अध्यक्ष ओली

कपिलवस्तु ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको...

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु ।  रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रार...

हिन्दू परम्परामा मातातीर्थ औँशीेको महत्व के ?

आमाप्रतिको गहिरो श्रद्धा र हाम्रो जीवनलाई आकार दिने मातातीर्थ औँशीले हिन्दू भक्तहरूको हृदयमा मातृत्व र ईश्वरीय नारी ऊर्जाको सम्मान गर्न समर्पित पवित्र...

सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरूङको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies