काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमकको प्रमुख अतिथ्यता ग्रहणका क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लक्ष्य अनुसार काम समयमा नै सम्पन्न गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले अगाडी भने – रणनीतिक सडक र पुलमा बजेट अभाव नहुने । साथै अपवाद बाहेक हाल कर्मचारीको सरुवा नहुने भएकोले कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठले निर्देशन समेत दिएका थिए ।
त्यसैगरि कार्यक्रममा अतिथ्यता ग्रहण गर्दै भौतिक पूर्वाधार तथा यातायात सचिव गोपाल प्रसाद सिग्देलले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल ईन्जिनियर्स एसोशियसनका पूर्व सदस्य ई। विनोद भट्टराईले भौतिक पूर्वाधार क्षेत्रको विविध समस्या तथा कर्मचारी व्यवस्थापनका समस्या र चुनौती बारे प्रकाश पारे ।
मन्त्रालयमा सक्रिय अन्य ट्रेड युनियन अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले संसदमा विचाराधिन निजामती विध्ययकमा गर्नु पर्ने सम्बोधन तथा कर्मचारी हितको पक्षमा आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला, सडक विभाग, रेल विभाग, यातायात व्यावस्था विभागका महानिर्देशक, उपमहानिर्देशक, मन्त्रालय तथा विभागका सहसचिव, सुई, आयोजना निर्देशक, नेपाल निजामती कर्मचारी यूनियनका पुर्ब अध्यक्ष सुबोध देबकोटा, संगठन केन्द्रका उपाध्यक्ष, प्रदेश ईञ्चार्ज, उपमहासचिब, सचिव, सचिवालय सदस्य, केन्द्रिय सदस्य, अन्य मन्त्रालयका विभागीय अध्यक्ष एवं प्रतिनिधि, बिभागका उपसचिव तथा सिडिई, मन्त्रालयमा सकृय अन्य ट्रेड युनियनका अध्यक्ष तथा प्रतिनिधि, विभागीय कमिटीका सदस्यहरु लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
संगठनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष ई। प्रमोद खतिवडाले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष ई। खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संगठनका विभागीय सचिव रामचन्द्र फुयाँलले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: