Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

एजेन्सी । सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका सञ्चारमाध्यम तथा सञ्चारकर्मी आन्दोलित भएका छन् । सोमबार अष्ट्रेलियाका मुख्य दैनिक पत्रिकाले पहिलो पेजमा समाचारको साटो कालो पोतेर विरोध जनाए । द अष्ट्रेलियन, द सिड्नी मर्निङ्ग हेराल्ड र अष्ट्रेलियन फाइनेंशियल रिव्युले समेत आफ्नो पत्रिकामा कालो पोतेर विरोध जनाएका छन् ।

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियन टिभि च्यानलहरुले पनि आफ्नो विज्ञापनको ठाउँमा सरकारको भूमिका बारे जनतालाई प्रश्न गरिरहेका छन् । च्यानलहरुले विज्ञापनमार्फत जनतालाई सरकारले सच्चाई लुकाईरहेको बताएका छन् ।

किन सरकारको विरोध भयो ?

हालै अष्ट्रेलियाको एक अदालतले यौन शोषण गरेको आरोपमा दोषी पाईएका कार्डिनल (पादरी) जार्ज पेलको बारेमा सञ्चारमाध्यममा समाचार छाप्न रोकिदियो । जसको विरोधस्वरुप अष्ट्रेलियन मिडियाले पेलको नाम विना नै उनी दोषी ठहरिएको समाचार सार्वजनिक गरे । त्यससमय विदेशी सञ्चारमाध्यमले कार्डिनलको पुरा नामसहित समाचार छापेका थिए ।

त्यसको केहि दिनपश्चात नै प्रहरीले अष्ट्रेलियन ब्रोडकास्टिंग कोरपोरेशन (एबीसी) मिडिया गु्रपका सम्पादकको घरमा छापा मारेको थियो । उनलाई राष्ट्रिय महत्वको गोप्य सूचना राखेको आरोप लगाइएको छ । एबीसीका सम्पादकमाथि सरकारले गरेको व्यवहारको विरोध स्वरुप सञ्चार संस्थाहरु एकजुट भई अहिले आन्दोलित भएका हुन् ।

के छ सञ्चार संस्थाको माग ?

अष्ट्रेलियाका सञ्चार संस्थाहरुको भनाई छ, पत्रकारहरुको काम जनतालाई सहि सूचना दिने हो । यस्तोमा सरकारले पत्रकारलाई संवेदनशील जानकारी जुटाउन असहयोग गरिरहेको छ । सञ्चारसंस्था पत्रकारमाथि अंकुश लगाउने कानून परिवर्तनको माग गर्दछन् ।

पत्रकारको विरुद्ध सजिलोसँग मानहानीको मुद्दा दर्ता गर्ने अधिकार हुन नहुने सञ्चार संस्थाको माग छ । टिभि च्यानल नाईनका अध्यक्ष ह्यूज माक्र्स, हरेक नागरिकले सरकारको प्रत्येक फैसलाबारे जानकारी पाउनुपर्ने माग गर्दछन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies