Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यस्ता छन् पैसाकाे माँमिलामा दम्पती र साथीबीच फाटाे आउँने चार कारण

एजेन्सी । के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ ? परिवारका अन्य सदस्य वा साथीहरूसँग नि ?

हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँस यसो गर्नु अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ । तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन। र यसको कुराकानीको अन्त्य सधैँ राम्रो हुँदैन।

हालै ब्रिटेनमा गरिएको एउटा अध्ययनका अनुसार सम्बन्धमा समस्या ल्याउने प्रमुख स्रोत मध्ये एक पैसा हो।

र यसको असर दम्पतीमा मात्र सीमित हुँदैन। यो परिवारका सदस्य र साथीसँगीसँग हुने समस्याको समेत कारण हो। र यस्तो अवस्थाको समाधान भनेको कुराकानी र पैसाबारे इमानदारी र खुला छलफल हो।

तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ ।मानिसहरूबीच पैसाको विषयमा विवाद उत्पन्न हुनुको एउटा प्रमुख कारण भनेको यसको विषयमा उनीहरूको फरक दृष्टिकोण हो।

त्यस्तो दृष्टिकोणको निर्माण बाल्यकालदेखि नै हुन्छ जुन घरेलु वातावरण र अनुभवबाट सिर्जित हुन्छ।

तर यसको अर्थ तपाईँले सधैँ आफ्ना अभिभावकको सिको गर्नुहुन्छ भन्ने भने होइन। उदाहरणका लागी तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने पछि गएर तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ।

र हामी पैसालाई यसको लेनदेनसँग सम्बन्धित सुविधाभन्दा माथि राखेर यसलाई अर्थपूर्ण बनाउँछौँ।

हामी मध्ये केहीका लागि पैसाले सुरक्षा प्रदान गर्छ भने केहीका लागि यसले स्वतन्त्रता प्रदान गर्छ। अन्य केहीका हकमा भने यसले हैसियत र शक्तिको प्रत्याभूति दिलाउँछ।

तपाईँका घरमा स्वच्छ राख्नैपर्ने आठ विषय के हुन् ?
यसै कारण पैसासँगको हाम्रो सम्बन्ध जटिल हुन्छ र यसको छाप गहिरो हुन्छ। र त्यसले पैसाबारे फरक धारणा राख्ने मानिससँग भेट हुँदा निराशा उत्पन्न गराउन सक्छ।

तपाईँ आफ्ना साथीसँगीले नयाँ लुगा वा रात्रिकालीन मनोरञ्जनमा पैसा खर्च गरेको नरुचाउन सक्नुहुन्छ। तपाईँको साथीसँगी भने पैसाबारे तपाईँको सोच साँघुरो हुन नहुने र कहिलेकाहीँ मनग्य खर्च गर्नुपर्छ भन्ने हुन सक्छ।

सम्पत्ति बाँडफाँट
नयाँ सम्बन्ध सुरु गर्दा मेरो पैसा र तिम्रो पैसाुलाई हाम्रो पैसा बनाउन जटिल हुनसक्छ।

आफूहरूको पैसा कसरी बाँड्ने भन्ने विषयमा निर्णय लिने कुरा तिक्ततापूर्ण हुनसक्छ। पैसा आधाआधा गर्ने कुरा सधैँ उचित नलाग्न सक्छ।

त्यस्तो अवस्थामा तपाईँहरू दुवै जनालाई मान्य हुने कुरा के हुन सक्लारु

त्यस्तै अवस्था परिवर्तन हुँदा पैसा बारे फेरी छलफल गर्नुपर्ने हुनसक्छ। जस्तो नयाँ बच्चा जन्मेको अवस्थामा वा जागिर नभएको अवस्थामा। यस्तो अवस्थामा के उचित होलारु

तपाईँहरू मध्ये एक जनासँग बाबुबाजे बाट प्राप्त भएको धनराशि छ। के तपाईँ त्यो बाँड्नुहुन्छरु

तपाईँसँग साथीभन्दा कम पैसा छ भने त्यसले तपाईँको सम्बन्धमा शक्तिको असन्तुलन उत्पन्न गराउन सक्छ। अरूमा भर पर्नुपर्दा निराशा महसुस हुनसक्छ।यस्तो महसुस भइरहेको थियो कि उनी भिसा (कार्ड)0 सँग सम्बन्धमा थिइन।

उनी हाम्रो वैवाहिक सम्बन्ध बाहिर मोजमस्ती गरिरहेकी थिइन, बीबीसी रेडियोका श्रोता जेम्स भन्छन्।

आफ्नी पत्नीले थाहै नदिई क्रेडिट कार्डको प्रयोग गरेर हजारौँ पाउन्ड खर्च गरेको थाहा पाएपछि उनले आफूमाथि धोका भएको महसुस गरे।

जब तपाईँ कुनैपनि सम्बन्ध सुरु गर्नुहुन्छ, एकआपसमा विश्वासको स्तर उच्च हुन्छ। तपाईँ आफ्नो साझेदारमाथि विश्वास गर्नुहुन्छ।

तर पैसालाई हेर्ने दृष्टिकोण फरक परेको अवस्थामा भने उक्त विश्वासमाथि असर पर्नसक्छ।

त्यसकारण पनि तपाईँ आफ्नो खर्च गर्ने बानी बारे इमानदार हुनपर्छ र पैसा अनि खर्चबारे तपाईँलाई के लाग्छ भन्ने कुरा खुला रूपमा छलफल गर्न तयार हुनुपर्छ।

कसैले तपाईँसँग पैसा सापट माग्यो भने के गर्नुहुन्छ ?

ऋण माग्ने अप्ठयारो अवस्थामा रहेका साथी हुन सक्छन् वा घर मर्मत गर्न वा नयाँ गाडी किन्न थप रकमको आवश्यकता परेको आफन्त हुन सक्छन्।

तपाईँले उनीहरूलाई निष्फिक्री ऋण सहयोग गर्न सक्नुहुन्छ। तर उनीहरूले त्यस्तो सहयोगलाई उपहारको रूपमा लिएर फिर्ता नगर्न पनि सक्छन्।

त्यस्तो अवस्थामा के होला ?

यदि तपाईँ कसैलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने प्रस्ट रूपमा कुराकानी गर्न आवश्यक हुन्छ। गलत बुझाइ नहोस् भनेर सहमति के हो भन्ने विषयमा प्रस्ट हुनुस्।

पैसाबारे कुरा गर्न उचित समय छान्नुहोस - एक अर्कालाई सोधपुछ गर्न वा झगडा गर्न छोड्नुस। उचित समय निकै महत्त्वपूर्ण कुरा हो।

आफ्नो साथीलाई निराश नबनाउनुस् - आफ्ना लागि उभिए पनि साथीलाई आरोप वा दोष लगाउने काम नगर्नुस्।

आफ्नो बजेट बारे नियमित रूपमा कुरा गर्नुस् - तपाईँहरू दुवै समान धरातलमा हुनुपर्छ जसका लागि साप्ताहिक, मासिक वा पाक्षिकरूपमा छलफल गर्न जरुरी हुन्छ। तपाईँहरूले तय गरेको कुरामै बस्नुपर्छ वा त्यसलाई परिमार्जन गर्न जरुरी छ भन्ने बारे तपाईँहरूले थाहा पाउनुपर्छ।

खुलारूपमा कुरा गर्नुस्- यदि तपाईँलाई आफ्नो साथीले आफूलाई बुझोस् भन्ने लाग्छ भने उनीसँग खुला रूपमा कुरा गर्न जरुरी हुन्छ।

एक अर्कालाई सुन्नुस्- ध्यानपूर्वक कुरा सुन्नुस् र आफ्ना साथीले के भनिरहेका छन् भन्ने कुरा बुझ्ने प्रयत्न गर्नुस्।

एक अर्काको सम्मान गर्नुस्- आफ्ना साथीसँग विश्वास, सहकार्य र सम्मानको वातावरण तयार पार्नुस् ताकि तपाईँहरू दुवै जनामा अर्कोले कस्तो धारणा बनाउला भन्ने डर नहोस्।

पैसा जोगाउने केही तरिका

उपहार योजनाबाट नलोभिनु: आफूलाई चाहिएको कुरा मात्र किन्नुस्। र आवश्यक परेको बेला मात्र किन्नुस्। एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।

प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।
खानपानको बजेटबारे ख्याल राख्नुस्स् खपत गर्ने सामान मात्र खरिद गर्नुस्।

सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।

प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।

अनावश्यक कुरा बेच्नुस:
ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्:
यो सामग्री बीबीसी रेडिओ ४ को मनी क्लीनीक कार्यक्रममा आधारित हो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies