Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

जब यौन सुख बढाउन भन्दै महिलाहरूले गुप्तांगमा सूर्ती राख्न थाले !

खबरडबली संवाददाता

काठमाडौं ।  नशालु पदार्थको रुपमा प्रयोग हुने सूर्तीको प्रयोग अब यौन सुख बढाउन प्रयोग हुन थालेको छ । द सनको एक रिपोर्ट अनुसार महिलाहरुले गुप्तांगमा सूर्ती राखेर यौन सुख बढाउने प्रयास गरिरहेका घटनाहरु लगातार सार्वजनिक भइरहेका हुन् ।

तर, डाक्टरहरुले भने यौन सुखको चाहनामा यस्तो गरिरहेका महिलाहरुले आफ्नो जीवनसँग खेलवाड गरिरहेको बताएका छन् । एकतर्फ मानिसहरुले यसलाई यौन सुख बढाउने उपाय भनिरहेका बेला अर्कोतर्फ डाक्टरहरुले यस विषयमा चेतावनी जारी गरेका हुन् ।

डाक्टरहरुले यस्तो गर्दा सदाका लागि यौन सुख गुमाउनुपर्ने चेतावनी समेत दिएका छन् । सूर्तीजन्य पदार्थको माध्यमले यौन सुख बढाउने प्रयास गर्नु भनेको मृत्यु निम्त्याउनु जस्तै भएको डाक्टरहरुको भनाइ छ । प्रोफेसर पास्कल फमेन भन्छन् ‘सूर्ती अल्सर जस्ता रोगको कारण बन्छ । यसले योनीलाई खुम्च्याएर कठोर बनाउँछ । यसले योनीद्वार सदाका लागि बन्द गर्न पनि सक्छ ।’ एक रिपोर्टअनुसार सूर्तीले सामान्य अवस्थामा हुने महिनावारीलाई पनि प्रभावित गर्छ ।

स्त्रीरोग विशेषज्ञ डाक्टर अब्डुलाये डियोपको भनाइ अनुसार यो योनी साँघुरिने समस्याको पनि ठूलो कारण बन्न सक्छ । गुप्तांगमा सूर्ती राख्ने पीडितहरुले आफ्नो यौनांग साँघुरिँदै गएको महसुस गर्न थालेका छन् किनकि उनीहरुका अन्तरंग मांशपेशी पछाडितर्फ सर्दै गइरहेका छन् । डाक्टर डियोप भन्छन् ‘यो भावना क्षणिक र भ्रामक हो । यस्तो गर्नु भेजिनल मुकोसाको लागि खतरनाक हुन्छ । जसको कारण क्यान्सरजस्तो घातक रोगको खतरा पनि बढ्छ ।’

यस किसिमका धेरै घटना पश्चिमी अफ्रिकी देश सेनेगलमा सार्वजनिक भइरहेका छन् । यहाँ मानिसहरुमा भ्रम छ कि सूर्तीले यौन सम्बन्धमा क्रममा चरम सुख दिलाउन सक्छ । यहाँ यो उत्पादन सूर्तीका सुकेका पात, रुखका जरा मिसाएर बनाइन्छ जसमा यसलाई असरदार बनाउनको लागि सोडा र शिआ बटर जस्ता पदार्थ पनि मिसाइन्छन् । सूर्तीको प्रयोग गरेर यौनसुख बढाउन प्रयास गर्ने यी महिलाहरुसँग सेनेगलकी एक स्वास्थ्यकर्मी ग्निमा न्डियाएले कुराकानी गरेर उनीहरुलाई यसको खतराबारे बताइरहेकी छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending