Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यस्तो क्लब, जहाँ एक पटक हाँसेको ४० रूपैयाँ

काठमाडौँ । हाँसेको पनि पैसा ? तपाईं अचम्म पर्नुभयो होला हैन ? पैसा तिर्नबाट जोगिन तपाईंले नहाँसेको अभिनय गर्न पनि सक्नुहुन्न, मेसिनले च्याप्प समातिहाल्छ र हाँसोको पैसा तिराउछ । यस्तो अचम्मको क्लब नेपालमा भने खुलिसकेको छैन ।

स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले आफुकहाँ आएका दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन शुरू गरेको छ । दर्शक कति हाँसे भन्ने पत्ता लगाउन उक्त कमेडी क्लबले प्रत्येक टेबलमा अनुहारको हाउभाउ चिन्ने प्रविधि९फेसियल रिकग्नीसन टेक्नोलोजी जडान गरेको छ ।

उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।

उक्त क्लबले एकपटक हाँसेको ३७ सेन्ट अर्थात करीब ४० रुपैयाँ जति तिर्नुपर्छ । यस्तो मूल्य कुर्चीमा बस्ने व्यक्ति मुर्छा परेर हाँसेको रहेछ भने बढ्न पनि सक्छ । तर त्यहाँ बसेर पनि कोही हाँसेन भने पूरै शो अवधिभर पैसा नै नतिर्नुपर्ने पनि हुनसक्छ । २०१४ मा शुरू भएको उक्त क्लबका म्यानेजरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै ग्राहकको कुनै कमी नरहेको बताए ।

नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने भनेर क्लबले घोषणा गरेपछि केही दर्शक जति हाँसो लागेपनि चुप लाग्ने भन्दै भित्र छिरे । तर उनीहरूको अनुहारको हाउभाउ हेर्दा मुस्कुराएको देखेपछि उनीहरूले आनन्द लिएको भन्दै मेसिनले टिकटको शूल्क लगाइदियो ।

उक्त कमेडी क्लबको सिको गर्दै अहिले स्पेनमा आधा दर्जन भन्दा बढी त्यस्तै क्लब खुलिसकेका छन् ।

-एजेन्सीको सहयोगमा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies