Khabar Dabali Logo
  April 25, Thu

सरी धुर्मुस ! यसपाली तिमीलाई आर्थिक सहयोग गर्न सकिएन

चीन। बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका कार्य प्रति मेरो बिरोध कदाचित होईन तर पनि एउटा ब्यापारीक हिसाबले निर्माण गर्न लागेको स्टेडियमको भित्री रहस्यलाई उजगार गर्न खोजेको मात्र हुँ।मैले धुर्मुस सुन्तलीको कामलाई भन्दा पनि नेपाल सरकारको कार्य रणनितिको बिरोध गरेको हुँ।

देशको राजनिति अस्थिरता र राज्य चलाउने अपरीपक्व रणनितिका कारण ४० लाख भन्दा बढी नेपाली होनाहार युवा युवतीहरू बिदेशी भूमिमा कार्यरत छन्।आफ्नो शरीरलाई नेपालमा च्याउ सरी उम्रिएका मेन पावर कम्पनिको दैलोमा पुगेर आफुले आफैलाई बेच्दै बिदेशीएका हरूको दुस्ख पीडाको हामी यो २र४ शब्दले कोरीएका हरफहरूमा उजगार समेत गर्न सक्दैनौ।काहाली लाग्दो र दुखद क्षणहरूमा गुज्रिएका नेपालीहरू चाहे ५० डिग्री तापक्रममा साउदी कतारमा कार्यरत होस चाहे माईनस ५० डिग्री सम्मको चिसो युरोप अमेरीका किन नहोस सबै आफ्ना पारीवारीक आर्थिक स्थितिलाई मजबुद बनाउन लागि परी रहेको अबस्थामा बेलाबेलामा बिभिन्न कार्यहरूका लागि सहयोग उठाउने कार्य पनि नभएको होईन।त्यसरी सहयोग गर्ने र जुटाई दिने अभियन्ताको रूपमा मैले पनि काम गर्दै आएको छु।

डोल्मा शेर्पा देखि अमर बम,आनिस खालिङ राई हुँदै मृगौला पीडितहरू र ब्लड क्यान्सर पीडितहरूलाई सहयोग जुटाउदै आएको अबस्थामा बिगतमा धुर्मुस सुन्तली फाउण्डेशनले भुकम्प पीडित र बाढी पिडीत साथै जाडोमा कठयाङ्ग्रीएर जीवन जीई रहेका नेपालीहरूका लागि निर्माण गरेको मुसहर बस्ति र एकिकृत नमुना बस्ति निर्माण गर्दा बिदेशीएकाहरूको सहयोगकै कारण कार्य सम्पन्न भएकै हो तर आज धुर्मुस सुन्तली फाउण्डेशनले जुन रणनिती लिएर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान थालेको छ यो एकदमै गलत साबित हुने छ।हास्य कलाकार जोडीलाई अगाडी सारेर नेपाल सरकारले जुन रणनिति अपनायो यसबाट के प्रष्ट हुन्छ भने धुर्मुस सुन्तली नेकपाको एजेन्ट नै हुन्।ओली सरकारले धुर्मुस सुन्तलीलाई हतियार बनाएर नाफा मुलक स्टेडियम बनाउन ठेक्का दिएको छ।

नेपाल सरकारले राष्ट्रिय खेलकुद परीषद्संग समन्वय गरी सरकारकै ढुकुटीबाट खेल मैदान निर्माण गर्नु पर्ने हो तर सरकार किन निरीह बन्दै छ रु नेपाल सरकार ठूलो हो की एउटा ब्यक्तिले खोलेको फाउण्डेशन ठूलो हो रु यदी फाउण्डेशन नै ठूलो हो भने सरकारको औचित्य के हो रु बिदेशीएका नेपालीको रोजी रोटीको छाक कटाएर जनता लुट्ने कार्यमा अग्रसरता देखाउन उचित होला र रु बिदेशीएका नेपालीले छुट्टी आउँदा आफ्नै ब्यक्तिगत प्रयोजनका लागि बिदेशबाट ल्याएका केही बोतल रक्सी माथि पनि गिद्धे नजर लगाउने सरकारलाई हाम्रो मनले कसरी सहयोग गर्ने रु हामीले दिएकै करबाट बन्नु पर्ने होईन र बाटो घाटो साथै खेलकुद मैदान । बार्षिक छुट्टाईएको बजेटलाई कोल्याप्स गराई दिने, एनसेलबाट लिनु पर्ने ७२ अरब राजस्व लिन नसक्ने,प्रचण्डले घोटला गरेको भनिएको २० अरब छानबिन गर्न नसक्ने,वाईड बडी जहाजको खरीद प्रकृयामा भएको ४ अरब बढी भ्रष्ट्राचार भएको रकमको खोजतलास गर्न नसक्ने,भ्रष्ट्रचारीहरूलाई कानुनी कठघरामा ल्याएर पैसा उठाउन नसक्ने अनि उल्टै हास्य कलाकार धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन दिने !

नाफा मुलक र ब्यबशायीक हिसावमा निर्माण हुने क्रिकेट स्टेडियमको फाईदा कसले लिने ? धुर्मुस सुन्तली फाउण्डेशन वा भरतपुर महानगरपालिकाले रु के स्टेडियम बन्दा अनुदान गर्नेहरूले चाँहि केही नपाउने रु स्मरण रहोस नमुना बस्ति र मुसहर बस्ति बनेको जस्तो सजिलो छैन क्रिकेट स्टेडियम बन्न। लगभग ३ अरबको लेखा जोखा गरीएको परीयोजना चानचुने भने पक्कै छैन्। सरकारले धुर्मुस सुन्तलीलाई अगाडी सारेर स्टेडियम बनाउनु भन्दा आफैले निर्माण गरेको राम्रो साथै धुर्मुस सुन्तलीलाई एउटै अनुरोध तपाईहरूको संस्थालाई नेकपाको भातृ संगठनको दर्जा नदिनु होला । बिदेशीएका नेपालीको गाँस खोसेर सरकारलाई खुशी बनाउदै नाम र तक्मा थप्ने काम नगर्नु होला किनकी तपाईहरूको जति भूमिका छ त्यति नै भूमिका ती तपाईको फाउण्डेशनलाई सहयोग पुर्याउनेको पनि छ।

माघ २२ गते, २०७५ - १६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

काठमाडौँ । विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र...   

हुलाकी सडकको कालोपत्रे गुणस्तरहीन

धम्बोजी । भुरीगाउँ सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्डमा गरिइएको कालोपत्रे गुणस्तरहीन भएको आरोप...   

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु, अहिलेसम्मम कति उठ्याे रकम ?

चितवन। चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु...   

विवेकशील नेपालीको प्रश्न – पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

काठमाडौं । विवेकशिल नेपालीले २०७२ सालको महाभूकम्प पीडितहरूको आवासको व्यवस्थालाई प्राथमिकतामा राख्न...   

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...   
कच्चा तेलको मूल्य छ महिनाकै उच्च

कच्चा तेलको मूल्य छ महिनाकै उच्च

लन्डन । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको...   

निर्माणमा प्रयोग भइरहेको इलिभेटर भत्किदा ११ जनाको मृत्यु

शिजिआजुआङ। उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको...   

कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको...   

विद्यार्थीका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडाैं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ...   

झापामा एचआइभीका कारण ३५ जनाको मृत्यु

झापा। झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top