Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी

डा. दिपु शाक्य, प्रारम्भिक बालविकास विशेषज्ञ

“पाँच वर्ष,६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बालशिक्षा नेपालमा गैर कानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिले पनि यसमा कारवाही गर्नसक्छ।” अधिवक्ता अनिल आचार्यले प्रि-स्कूल/ मन्टेश्वरी/ पूर्व प्राथमिक विद्यालय सञ्चालकहरूको भेलामा यस कुराको उद्घघोष गर्नु भएको हो । समय समयमा यस विषयमाविभिन्न अधिकारकर्मीहरूले सवाल उठाउँदै आएका पनि छन् । 
शिक्षा ऐनको सातौं संशोधन (२०५८)देखिनै चार वर्षका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई पूर्व प्राथमिक शिक्षा मानिदै आएको छ भने आठौं संशोधन (२०७३)ले यस पूर्व प्राथमिक शिक्षालाई “प्रारम्भिक बालशिक्षा” नामाकरण गरी आधारभूत शिक्षा (प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८) मा जोडेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन (२०७५)ले प्रारम्भिक बाल शिक्षालाई “प्रारम्भिक बालविकास तथा शिक्षा” को रूपमा परिभाषित गरेको छ।साथै चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नु अगावै दिइने एक वर्ष अवधिको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षा भनेको छ ।

यसै ऐन अनुसार चार वर्ष, ४८-६०महिनाका बालबालिकाकालागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (२०६९) तथा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) निर्माण भइ विभिन्न तालिम तथा सन्दर्भ सामग्रीको विकास पनि भएको छ । साथैपाँचदेखि सात वर्षको उमेर समूहका लागि कक्षा १-३ को पाठ्यक्रम पनि सोही अनुसार निर्माण भएको छ ।

तथापि शैक्षिक गुणस्तर केन्द्रको अनुसन्धान (२०८०) अनुसार कम्तीमा ६३ % निजी र १४% सामुदायिक विद्यालयमा समेत पाँच वर्षका बालबालिका लक्षित गरेर के.जी, यु.के.जी, सिनियर के.जी, प्रि-टु, इसिडी-टु जस्ता विभिन्न नामका कक्षाहरू प्रारम्भिक बालशिक्षा अन्तरगत सञ्चालनमा छन् । विभिन्न सामुदायिक विद्यालयमाहरूमा पनि निजी विद्यालयको देखासिकि तथा प्रतिस्पर्धाको रूपमा कक्षा १ मा हुनुपर्ने पाँच वर्षका बालबालिकालाई समेत के.जी/ यु.के.जी जस्ता कक्षा थप गरेर राखिएको पाईन्छ ।

प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र सो भन्दा अगाडि रहेको प्रारम्भिक बालविकास दिग्दर्शन (२०६२) ले समेत चार वर्षसम्मका बालबालिकालाई मात्र समेटेको छ। पाँच वर्षका बालबालिकाका लागियि विभिन्न नामका कक्षाहरू संचालन गर्नका लागि कुनै औपचारिक पाठ्यक्रम भने उपलब्ध नै छैन । यस कारणले विद्यालय सञ्चालकले आफ्नै तरिकाले पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्दै आएका छन् । जुन प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) विपरित रधेरै जसो कक्षा १को पाठ्यक्रम दोहोर्या उने हिसाबका छन् ।
यस विषयमा धेरै अगाडिदेखि अनुसन्धान तथा जनचेतना फैलाउनेप्रयास गर्दै आएका प्रारम्भिक बाल शिक्षा शिक्षकहरूको संगठन (ECETA)का बिना शर्मा र लीना श्रेष्ठका अनुसार विगत १० वर्षदेखिको अनुसन्धान र अनुभवका आधारमा पाँच वर्षका बालबालिकाका लागि सञ्चालित कक्षा बालबालिका तथा अभिभावकका लागि तनावदायी छ । यसले माथिल्लो कक्षाको सिकाइ तथा बालबालिकामा समेत नकारात्मक असर गरिरहेको छ । यस्ता कक्षा धेरै जसो ठूला विद्यालयको कक्षा १ प्रवेश परीक्षाको तयारीमा केन्द्रित छन् । हाल सालै काठमाण्डौं उपत्यकामा उनीहरूले गरेको नमुना सर्वेक्षण अनुसार करीब ७०% शिक्षकले यस उमेर समूहका लागि विद्यालयबाट बनाइएका पाठ्यक्रम बालबालिकालाई धेरै नै बोझिलो र पढाइ लेखाइमै केन्द्रित रहेका कारणले बालबालिका र अभिभावकका लागि तनावदायी भएको पाइएको छ ।

विभिन्न अनुसन्धान अनुसार साना उमेरका बालबालिकालाई पढाइ लेखाइमा मात्र बढी जोड दिनाले उनीहरूको आत्मविश्वास, उत्प्रेरणा र विद्यालय प्रतिको दृष्टिकोणमा नकारात्मक असर पर्ने देखिन्छ । त्यसैले पनि प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र कक्षा १-३ को पाठ्यक्रममा पनि सर्वाङ्गीण विकासमा जोड दिइएको छ ।

प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रममा पढाइलेखाइ मात्र भन्दा पनि अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक रूपमा उपयोग, स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण, वैयक्तिक सुरक्षाका उपाय अवलम्बन, दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोग र सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सिपको प्रयोगलाई हासिल गर्नुपर्ने सक्षमताको रूपमा राखिएको छ ।
कक्षा १-३ को पाठ्यक्रमले पनि पढाइलेखाइमा मात्र भन्दा पनि बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सिप, र जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ सम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्न जोड दिएको छ।

धारभूत शिक्षाको माध्यमबाट बालबालिका आफू रहेको प्राकृतिक तथा सामाजिक वातावरण सँग परिचित र सचेत गर्न खोजिएको छ । यी सबै बालबालिकाको सर्वाङ्गीण विकासका तत्वहरू हुन् ।

तथापि हाम्रो सामाजिक मूल्यमान्यता र अभिभावक सचेतनाको कमीका कारण, विद्यालय पठाए लगत्तै बालबालिकाले कखग र एबीसीडी पढ्न र लेख्न सक्नुपर्ने धारणा छ । शिक्षकलाई पनि पुरातन विधि अनुसार रटाउन नै सजिलो छ । यी कुराहरू प्रारम्भिक बाल शिक्षा तथा सिकाइका सिद्धान्त र बद्लिदो समाजमा आवश्यक ज्ञान र सिप विपरीत छन् ।

प्रारम्भिक उमेरका बालबालिकाका लागि किताबी ज्ञान भन्दा बाहिरका गैर-शैक्षिक सिप, मनोवृत्ति र दृष्टिकोणहरू सिकाइका आधारहरू हुने गर्दछन् जसले उनीहरूको दिर्घकालिन सिकाइमा ठूलो मद्दत पुग्दछ। यसका साथै कानुनमै व्यवस्था नभएको पाँचवर्षका बालबालिकाकालागि थप एक वर्षे कक्षा सञ्चालनमा आउँदा सानै उमेरदेखि समाजमा एक/दुईवर्षे प्रारम्भिक बाल शिक्षा पाएका सामुदायिक विद्यालयका बालबालिका र निजी विद्यालयमा तीन/चार वर्षे शिक्षा पाएका बालबालिकाबीच दुई वर्गको निर्माण भइ असमानता समेत सिर्जना भइरहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अनुसन्धान (२०८०) अनुसार पनि कक्षा १ मा आँउदा देखि नै सामुदायिक तथा निजी विद्यालयका विकासात्मक उपलब्धिमा समेत विभेद छ ।

शिक्षा साथै जीवनकै जगको रूपमा रहेको प्रारम्भिक बाल शिक्षालाई नै व्यवस्थित नबनाइ शिक्षा प्रणालीको सुदृढीकरणको अपेक्षा राख्न सकिदैन ।यसका लागि नीतिनियममा थप प्रष्टता ल्याउनुका साथै सम्बन्धित सरोकारवाला निकायहरू तथा स्थानीय तहहरूबाट यसमा आवश्यक अनुगमन तथा नियमन, शिक्षकहरूलाई सहयोग तथा उत्प्रेरणा, र अभिभावक सचेतनाका कार्यक्रमहरू गर्दै जानुपर्ने देखिन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप २०८३ : समूह ‘सी’ मा नेपालको यात्रा र मुख्य चुनौतीहरू

काठमाडौं । आउँदो फेब्रुअरी ८ बाट सुरु हुने टी–२० विश्वकपको पर्खाइमा विश्वभरि क्रिकेटप्रेमीहरूको ध्यान केन्द्रित छ। त्यसभन्दा बढी उत्साहित फ्यानहरू नेप...

हुम्ला ताजाकोटमा औषधि खरिदमा अनियमितता: गाउँपालिकाका चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

झापामा ‘सादा पोसाकका प्रहरी’ होइनन्, बालेन्द्रकी पत्नीसँग हिँडेका व्यक्ति आफन्त र पार्टी सदस्य मात्र

काठमाडौँ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहकी पत्नी सविना काफ्लेसँग घरदैलो गर्दै हिँड्दा सामाजिक सञ्जालमा ‘सादा ...

संघीय हस्तक्षेपविरुद्ध मधेस सरकारको रिट सर्वोच्चमा अन्तिम चरणमा

काठमाडौँ । मधेस प्रदेश र संघीय सरकारबीचको अधिकार क्षेत्र विवाद सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ। सर्वोच्चले सर्लाहीको सागरनाथ वन परियोजना र वन ऐ...

प्रणयकाे रास्वपालाई प्रश्नः २५ हजार रुपैयाँको प्राइमरी इलेक्सन कहाँ गयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. प्रणय शमशेर राणाले पार्टीले उम्मेदवार आकांक्षीहरूबाट उठाएको रकमको स्पष्ट हिसाब मागेका छन्।...

इटाली पठाइदिने प्रलोभन, काठमाडौंमा बन्धक : ५ बंगलादेशीको उद्धार, अन्तरदेशीय गिरोहका ७ पक्राउ

काठमाडौं । इटालीमा रोजगारी लगाइदिने आश्वासन दिएर बंगलादेशबाट काठमाडौं ल्याइएका पाँच नागरिकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। यस प्रकरण...

जथाभावी पार्किङमा राखिएका १५ बस कारबाहीमा

काठमाडाैं । जथाभावी पार्किङमा राखिएका १५ वटा बसलाई प्रहरीले कारबाही गरेको छ । बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरी राखिएका १५ वटा ल...

कैलाली–४ : ‘लेखराजलाई लखेट्ने’ मोर्चामा नयाँ अनुहारहरूको घेरा

कैलाली । कैलाली–४ को चुनावी इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ—यहाँ मतदाता स्थिर छैनन्, निर्णय स्थिर छैन, र परिणाम त झन् कहिल्यै पूर्वानुमानमा अडिँदैन।...

मधेशमा किन बढ्दै छ शृंखलाबद्ध हत्या ? के गर्दै छ प्रहरी ?

जनकपुरधाम । मधेशका जिल्लाहरू पछिल्ला दिनमा एकपछि अर्को जघन्य हत्याका घटनाले तर्सिएका छन्। ४८ घन्टाभित्र सिरहा, महोत्तरी र बारामा भएका तीन फरक प्रकृतिक...

चुनावी भ्रामकता रोक्न आयोग–टिकटक समझदारी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीलाई नियन्त्रण गर्न निर्वाचन आयोगले टिकटकसँग औपचारिक समझदारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE