Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

ग्रामीण विकासमा सचेतनाको खाँचो

सत्येन्द्र लाल कर्ण
सत्येन्द्र लाल कर्ण

नेपालजस्तो भाग्यको भरमा बाँच्ने देशहरूमा शिक्षित र योग्य श्रम शक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैन।

ग्रामीण विकासको लागि सचेतना गराउने कार्य अल्पविकसित देशहरूको सन्दर्भमा अपरिहार्य मानिन्छ। देशको आर्थिक विकासका बाधक तत्वहरू र अवरोधहरूविरुद्ध जनचासो अभिवृध्दि गराएर जनसहभागितामुलक सकारात्मक जनअभिमत तयार पारी मुलुकको चौतर्फी विकासलाई उत्प्रेरित गराउन सकिन्छ।

संविधानको संरक्षणसँगै प्रचलित कानुनहरूको सफल कार्यान्वयन गराउन तथा विधिको शासन र सामाजिक न्यायको पक्षमा उभिएर जनतालाई पहिला (पीपल द फस्ट), गरीबलाई पहिला (पुअर द फस्ट) र तलदेखि माथिसम्म (बटम अप) जाने विकास अवधारणामा आधारित अग्रगामी, प्रगतिशील, समावेशी र सम्पूर्ण स्थानीय जनसमुदायको आर्थिक सांस्कृतिक उन्नयन गराउने कार्यमा जनताले संज्ञान लिनु आवश्यक छ।

स्थानीय जनताहरूको समग्र आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक उत्कृष्टताहरूलाई उत्प्रेरित गराई राष्ट्र निर्माणमा लगाउन वातावरण संरक्षण, सामाजिक स्वच्छता र सरसफाई, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, जीवनस्तर, आयस्तर, मानवअधिकार, सामाजिक सद्भाव, समावेशीता र राष्ट्रिय एकता लगायतका पक्षहरूलाई बहुआयामिक रुपले समेट्दै जनतालाई आर्थिक समृद्धिको बाटोतिर उन्मुख गराउँदै गरीब, विपन्न, सीमान्तकृत, बञ्चितिकरण, विभेद र शोषणमा परेका तथा पारिएका महिला, पुरुष, बालबालिका, युवा, बृद्धलगायत समाजका सम्पूर्ण जातजाति तथा वर्ग र क्षेत्रका जनसमुदायलाई सशक्तिकरण गरी सबल तुल्याउन आत्मनिर्भर र स्वाभिमानी नागरिक समाजको रूपमा रुपान्तरण गर्ने अठोटका साथ ग्रामीण विकास सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी गुणस्तरीय जीवन भएको मानव विकासका लक्ष्यहरूलाई हासिल गर्न सघाउने अभियानमा लाग्ने कार्यमा तीव्रता दिनको लागि ग्रामीण विकासमा सचेतनालाई आवश्यक मान्न सकिन्छ।

ग्रामीण विकासको उद्देश्यहरूलाई पूरा गर्नका लागि जनचेतना विस्तार निम्नलिखित कार्यक्रमहरू सञ्चालन गरेर गर्न सकिन्छ।

(१) दिगो ग्रामीण विकासका लागि सम्भाव्यताहरूको खोजी गर्न अनुसन्धानमुलक कार्यक्रमहरू गर्ने तथा जनचेतनाको मार्फतबाट प्राकृतिक स्रोत र साधनहरूको संरक्षण गर्नको लागि कार्यक्रहरू गर्ने।

(२) समाजमा महिलाहरूको अवस्थामा सुधार ल्याउन पहल गर्ने तथा सामाजिक जनचेतना वृद्धि गरी महिला प्रजनन् स्वास्थ्य, महिला हिंसा, लैंगिक विभेद, रोजगारी लगायतका समस्याहरूलाई समाधान गर्नको लागि सिपमुलक, प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।

(३) समाजका सदस्यहरूभित्र लुकेर रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराई संसारको अगाडि ल्याउन कार्यक्रमहरू सञ्चालन गर्ने।

(४) समाजमा सयौं वर्षदेखि दबिएर, कुँजिएर बसेको सामाजिक विभेदका कारक तत्वहरूलाई व्यवस्थापन गराउन सामाजिक आन्दोलनका विभिन्न पक्षधरहरूबीच अन्तरक्रिया र सचेतना कार्यक्रम गर्ने।

(५) विश्वप्रसिद्ध व्यक्तित्वहरू र राष्ट्रिय विभूतिहरूको विचार र जीवन दर्शनबारे प्रचार-प्रसार गर्ने कार्यशाला गोष्ठीहरूको आयोजना गर्ने।

(६) देशबाट अत्यधिक मात्रामा भइरहेको प्रतिभा पलायनलाई व्यवस्थित बनाउन र नियन्त्रण गर्न देशका गुणस्तरीय  श्रमशक्तिलाई देशभित्रै उपयोग गर्न जनचेतनामुलक अभिमुखीकरण कार्यक्रमहरू गर्ने।

(७) अन्तर्राष्ट्रिय सूचना प्रणालीको विद्युतीय सञ्जालहरूबाट हुन सक्ने फाइदाहरू-बेफाइदाहरूबारे प्रचार-प्रसार गर्न सचेतनामुलक कार्यक्रमहरू गर्ने।

(८) जनताको परिवर्तनको चाहनाअनुसार गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद, पुँजीवाद, हिन्दु राष्ट्र, धर्मनिरपेक्षता, उदारवादी अर्थ व्यवस्था आदि ज्वलन्त घटना परिघटनाहरूबारे विचारोत्तेजक बौद्धिक बहस र छलफल गर्ने। 

(९) लैंगिक समानता र महिला सशक्तिकरणको लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने।

(१०) नागरिक समाजको भूमिका र दायित्वहरू बारेमा सचेतनामुलक विचार गोष्ठीहरूको आयोजना गर्ने।

(११) सुशासन, सामाजिक न्याय र मानव अधिकारको रक्षा गर्नका लागि जनचेतनामुलक कार्यक्रम गर्ने।

(१२) घरेलु र स्थानीय उद्योगहरूको संरक्षण, स्थानीय र परम्परागत सिप, कुशलता, चित्रकला, पेन्टिङ, मूर्तिकला, मृत्तिकला, काष्ठकला, आभूषण निर्माण कला आदिको संरक्षण गर्नको लागि कार्यक्रमहरुको आयोजन गर्ने।

(१३) वनजंगल, सिमसार क्षेत्र, चुरे संरक्षण, वन्यजन्तुको संरक्षण गर्ने सम्बन्धमा जनचेतनामुलक कार्यक्रमहरू गर्ने।

(१४) ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने र ज्येष्ठ नागरिकहरूलाई विभेदरहित जीवन बाँच्ने अधिकारबारे सचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्ने।

(१५) सफा घर आँगन, खुला दिशामुक्त क्षेत्रलाई बन्देज गराउन अन्तरक्रिया र जनचेतनामुलक कार्यक्रम गर्ने।

(१६)  समाजमा व्याप्त रहेका कुप्रथाहरूलाई उन्मूलन र बन्देज गराउनको लागि जनचेतनामुलक कार्यक्रमहरू गर्ने।

(१७) पानीका मुहानहरूको संरक्षण गर्ने र सफा पानीमाथि जनताको अधिकार स्थापित गर्नेबारे जनचेतनामुलक कार्यक्रम गर्ने।

(१८) ग्रामीण उद्यमशीलतालाई प्रोत्साहन गर्न ग्रामीण सहरी बजारीकरणको विस्तार गर्ने सम्बन्धमा अन्तक्रिया र छलफल तथा गोष्ठीहरू गर्ने।

(१९) हिमाल, पहाड र मधेस तराईका भाषा, संस्कृति, कला आदिको संरक्षण र सम्बर्द्ध गर्न चेतनामुलक कार्यक्रमहरू गर्ने।

(२०) सामाजिक सद्भाव र राष्ट्रिय एकता बढाउन पदयात्रा, शान्ति यात्रा, कलशयात्रा, शोभायात्रा, विजय यात्रा आदि कार्यक्रमहरूमा सहभागिता जनाउन कार्यक्रमहरू गर्ने।

(२१) बाढी, पहिरो, आगलागी, भोकमरी, महामारीजस्ता प्राकृतिक र दैवी संकटहरू उत्पन्न हुने अवस्थामा उद्धार र राहत सहयोगका लागि कार्यक्रमहरू गर्ने।

(२२) सामाजिक परिवर्तन र रुपान्तरण्का लागि समाजका सदस्यहरूलाई दक्ष र निपूर्ण बनाउन प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।

(२३) जलवायु परिवर्तन र वातावरण विनाशबाट हुन सक्ने खतरालाई न्यून पार्न जनचेतनामुलक कार्यक्रम गर्ने।

(२४) मन्दिर, मस्जिद, चर्च, गुम्बा आदि विविध धर्मावलम्बीहरूबीच सहकार्य गर्न उत्प्रेरित गराउने।

(२५) नश्लवाद, भ्रष्टाचार, जातिवाद आदिजस्ता समाजलाई नकारात्मक प्रभाव पार्ने कुराहरूलाई नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रमहरू गर्ने।

(२६) सामाजिक संघ-संस्थाहरू, सहकारी संस्थाहरू, राजनीतिक दल तथा समाजका अगुवा संस्थाहरूलाई सहयोग पुर्‍याउनका लागि अनुरोध गर्ने।

(२७) जनचेतनामुलक कार्यक्रमको माध्यमबाट मानव जीवनका चार वटा पुरुषार्थ अर्थ, धर्म, काम, मोक्ष प्राप्तिका लागि उत्प्रेरित गराउन कार्यक्रमहरू गर्ने।

(२८) स्वच्छ गाउँ र स्वच्छ सहर बनाउनका लागि जनचेतनामुलक कार्यक्रम गर्ने।

(२९) कृषि क्षेत्रका साथै औद्योगिक उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने।

(३०) ग्रामीण विकास सम्बन्धी तालिम र प्रशिक्षण गर्न कार्यक्रमहरू सञ्चालन गर्ने।

गरीब र विपन्न देशहरूले भोग्ने गरेका समस्याहरू तथा दु:खमा बाँचिरहने व्यक्ति र परिवारका गाँस, बास र कपास तथा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका दैनिक उपभोगका सामानहरूमा अभाव हुन्छ। अभावै अभावले जेलिएको समाजमा उद्यमी, साहसी तथा शिक्षित र इमान्दार व्यक्तिहरूको खाँचो हुन्छ। मानवीय प्रयत्नबिना विकास सम्भव छैन। तसर्थ, विकासको लागि कठिन श्रम र संघर्षको आवश्यकता हुन्छ।

नेपालजस्तो भाग्यको भरमा बाँच्ने देशहरूमा शिक्षित र योग्य श्रम शक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैन। यस सन्दर्भमा प्रसिद्ध विकास अर्थशास्त्री सिंगरको विचारलाई मनन गर्न सकिन्छ। सिंगरको विचारमा शान्तिको समुद्रमा विकासका हजारौं फूलहरू फुल्न सक्दछन्, तर एउटा फक्रिन लागेको फूलले उचित मलजल पाएन भने ओइलाएर सुकेर मर्न सक्दछ। नेपाल पनि यस्तै अवस्थामा रहेको छ। तसर्थ देशको अर्थतन्त्र जोगाउन समाजमा जनचेतना फैलाउनु आवश्यक हुन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...

निर्यातले धानेको चीनको कार बजार

काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...

केहीबेरमै सार्वजनिक हुँदै एसईई नतिजा, बोर्डले गर्‍यो अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...

ट्रेड युनियन खारेजीमा सर्वोच्च ‘स्प्लिट’, दुई न्यायाधीशले भने– “हतारमा आदेश आवश्यक छैन”

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...

दुई दिनदेखि बेपत्ता बालककाे खोजीकार्य जारी

सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...

नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...

नीति तथा कार्यक्रमको ‘हुनेछ’ र ‘गरिनेछ’ सुन्दासुन्दा म थाकेँः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending