/  Wed, January 23, 2019

छाती दुख्ने रातहरु

साना शहरहरु ठुला हुँदै गएको छन । महानगरको नक्सामा नयाँ शहर थपिने क्रम जारी छ । मान्छेहरुको भिड बढेपछि शहरमा अभाव र बेरोजगारीको तापक्रम ह्वात्तै बढछ । त्यतिखेर शहरमा बढेको छ जाडो ।जाडोको जोडदार असर आम मान्छेमा परेको छ । बदलिँदो बिश्व र पुजीवाद खडा गरेको प्रदुषणका कारण मान्छे अनेकन भाइरल रोगका सिकार हुन थालेका छ्न । मानौ कि भाइरल रोगका भनेको सिरिया भोका बालकहरुको तस्वीर हो जसले शाशकबाहेक हरेक मान्छेको छाती चिर्छ ।
ब्यक्तिगत रूपमा मेरो शरीरमा जाडो सहने शक्ति कम छ । जब जाडो लाग्छ कुनै दीर्घकालीन दम रोगीको जस्तो सास फेर्ने क्रिया बढछ । सोच्छु यो देशका हरेक मानिसका छातीमा रोग सार्ने कुरा पुँजीवादी उत्पादन प्रणाली मात्र होइन कहिले पनि जनतालाई शिक्षा स्वास्थ सर्बसुलभ हुन नदिने राज्य ब्यबस्था पनि हो । जो समाजवाद नारा् लगाउछ अनि इण्डियन औसधिको कमिसन खान लाइन बस्छ ।

रात बाह्र बजेको छ। तापमान निकै तल ओर्लेको छ् । छाती एकदम दुखेर खपिनसक्नु भएको छ । जब जब बाह्र दस बाह्र बीस हुन थाल्छ सास रोकिए झै हुन्छ । सोच्छु जिन्दगी भन्नु यति रहेछ । बाच्नुको यी पलहरु सकसका खातामा दर्ता भएका मृत्यु मिसिएका क्षणहरु हुन । हाछियु आउँछ खोकी लाग्छ । जाडो झन आक्रमक भएको छ। सास फेर्न झन सकस । छाती चैतको हुरि झै बजिरहेछ । द्स बर्ष अघि प्लस टु पढ्दा पीडाले छोपेको निर्जन रात सम्झे । काठमाडौंमा एक्लो मान्छे बिरामी हुनु कति घातक हुन्छ मैले त्यतिखेर नै चेतेको थिए । आज मृत्यु उस्तै गरि जीवनको थाप्लो माथी बस्न आइपुगेको छ । उसले भनिरहेछ पुजीवाद बजारमा सिधा बाटोमा कम्युनिस्ट राजनीति गर्नु भनेको यस्तै हो मान्यबर ।

अर्को रात नेकपाका युवा नेता रजमान तामाङ र म छौ । चिसोले ग्रसित रजमानजीको हाल पनि उहीँ छ । चैत हुरि झै बजिरहेछ छाती । बाह्र बजे राति उहीँ रित दोरियो । कमरेडलाई सास फेर्न उस्तै सकस भैरहेछ ।मध्य रात छ ।दार्जिलिङको पहाडमा झै जाडो सेकेन्ड सेकेन्डको रफ्तारमा बढिरहेछ ।पानीको बाफ लिने र तातो पानी पिउने काम भयो । तर छुदैन । ५००एम जी को औसधिले नछुने शरीरमा यो सानो चिनिया उपचार प्रणाली के ठिक गर्नु ।रजमान जी त नुवाकोट र रसुवामा निरन्तर सङगठन निर्माण गर्न कुद्दा यस्तो सक्रमणमा फसे । केहि समय अस्पताल नै बसे । एण्टिबाइटिक खाए छोएन । यो भाइरल पुजीवादको जमानामा रोग पनि कम्युनिस्ट माथी बर्जिन मात्र आइपुग्छ ।

यो रातमा अस्पताल नै जानुपर्यो भने के गर्ने । खल्तीमा दुई चार सय पनि नहुने र बचतसुन्य हामी जस्तो मान्छे हाल कस्तो होला रुरात भर यस्ता बिचार बारम्बार आइरहेछ । खोकीको उपचार पनि यो देशमा कति महङ्गो छ । हामीलाई थाहा छ ।खोकीको उपचार गर्न यहाँ अस्पतालहरु गोलीगाँठोको एक्सेरे गर्छन् ।

रजमान सर र म बाहिर निस्कयौ । बिहान अलि शान्त छ काठमाडौं । यो भाइरल खोकी अलि कम भएको छ। हामी चिया पसलमा छौ । हामी जस्तै खोकी बोकि हिडने मध्यबर्ग जुलुसछ वरिपरि । हो यार रोग पनि फेसन जस्तै फैलदो रहेछ । एक दिन म बालाजुको एक सामान्य अस्पताल पुगे । सवैभन्दा पहिला अस्पतालमा सुरु भयो असुली धन्दा ।चार सय रुपैयाको टिकट काटियो । डाक्टरले जाच्न सुरु गरे । छातीमा एक्से रगत दिसापिसाब जाँच गर्नेपर्ने ।उसले झन शोषणको भाषा बोल्यो ।रगत र पिसाब जाच्न तल्लो तला पुगे ।अति नै रुखो स्वभावकि नर्स रहिछिन ।रगत तानिन पिसाब मागिन ।हैट २९  सयको बिल आयो । त्यसपछि मैले यो जाच्ने धन्दा छोडेर हिड्ने निधो गरे ।सोधपुछ कक्ष कि नर्स भन्दै थिइन पाँच हजार जतिको औसधि खादा ठिक होला । नहुन पनि सक्छ । मौसम खराब छ ।

एक मेडिकलमा आएर एन्टिबायोटिक मागे । झोल औसधि पनि खाए ।तातो पानी र अन्य झोलिलो पदार्थ खाए । छाती दुख्न कम भएको छ। खोकी उस्तै छ।  समाजवाद कति रमाइलो शब्द छ् ।रुमानी समाजवाद पत्रिक टिभी रेडियोतिर बडो गज्जव सुनिन्छ ।जब जनता एक क्याप्सुल औसधि बिना मर्न थाल्छन् । त्यो जाबो समाजवाद भ्रम बाहेक केही हुँदैन ।राज्यले शिक्षा स्वास्थ पनि निशुल्क गर्न सक्दैन भने गणतन्त्रको फुर्ति के लगाउनु ।

कात्तिक २० गते, २०७५ - ११:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

स्वीटजरल्याण्ड। विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्,...   

क्रिस्टियानो रोनाल्डोलाई करछली मुद्दा, १ करोड ८८ लाख युरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित...   
काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न...   
११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको...   

अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा...   

गौशालाबाट एक भारतीयसहित दुई जना पक्राउ

गौशाला। भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित...   

हुम्लामा पहिलो पटक हिउँमा चिप्लेटी

हुम्ला। हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा...   

तिम्ल्याहा बच्चा जन्माएर सम्झना पन्तले पाइन् ३० हजार

गलेश्वर। बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका...   

चोरमारमा बस र बारुणयन्त्र ठोक्किँदा डरलाग्दो दुर्घटना, सत्ताइस जना घाइते

कावासोती। र्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित...   

अध्यक्ष प्रचण्डकाे स्वास्थ्यमा सामान्य सुधार, अझै केहि दिन बाहिर नहिड्न सुझाव

काठमाडौँ। भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top