/  Mon, December 10, 2018

भुजेल भाषाकाे एक परिचय

१) भुजेल भाषा :-
भुजेल जातिको आफ्नो मातृभाषा छ । भुजेलहरु आफ्नो मातृ भाषालाई प्हुगाल ङुर भन्दछन । प्हुगालको अर्थ भुजेल र ङुरको अर्थ कुरा हुन्छ ।
१.१) भुजेल भाषाको परिवार:-
मानिसको वंश हुन्छ र उ परिवारमा वस्छ त्यस्तै गरि भाषाको पनि आआफ्ना परिवार हुन्छ र नेपालमा ४ भाषा परिवारका भाषा बोलिन्छ।
क)भोटबर्मेलि
ख) भारोपेलि
ग) ड्रभेडियन
घ) एस्ट्रो ऐसियाटिक ।
(तर केही भाषा वैज्ञानिकले कुसुन्डा भाषालाई छुट्टै भाषा परिवारको रुपमा अध्यान गरेको पाईन्छ त्यसलाई आधार मान्ने हो भने नेपालमा ५ किसिमका भाषा परिवारहरु छन । )
विभिन्न भाषा शात्रिले विभिन्न आधारमा गरेका बर्गिकरण अनुसार भुजेल भाषा चिनियाँ तिव्वति माहा परिवार भित्रको सदस्य हो ।यो भाषा भोट बर्मेलि परिवारको मध्य हिमालि शाखा अन्तर्गत पर्दछ ।यो समुहमा भुजेल र चेपाङ भाषा पर्दछ ।
१- २) भुजेल भाषाको प्रकारः-
भुजेल वाक्यमा पदक्रम कर्ता – कर्म – क्रिया ((sov))हुन्छ अर्थात सर्वप्रथम कर्ता अनि कर्म र अन्तमा क्रियापद आउछ । भोट बर्मेलि परिवारको अन्य भाषाहरु जस्तै भुजेल भाषा पनि लिङ्ग बिहिन(gender less) भाषा हो ।अर्थात क्रियापदको आधारमा महिला पुरुष चिनिदैन । जस्तै :-
-राम घर आयो ।
राम किम वाङाल ।
-सीता घर आईन ।
सीता किम वाङाल ।
यस भाषामा २काल (tense) हुन्छन भुत र अभुत। जस्तै :-
वर्तमान कालस्
म पानि पिउँछु।
– ङा ति तुङनाङ।
भविष्य काल
म पानि पिउनेछु।
– ङा ति तुङनाङ।
भुत कालस्
मैले पानि पिएँ।
– ङाइ ति तुङाल।
१.३) वर्ण व्यवस्था:-
प्रत्येक भाषाको आफ्नै वर्ण ब्यबस्था हुन्छ । भुजेल भाषामा द्दद्ध एकल र ठ संयुक्त गरि जम्मा घज्ञ व्याञ्जन र ६ स्वर वर्णहरू हुन्छन् ।
क) व्यान्जन वर्ण
क ख ग घ ङ
च छ ज
त थ द ध न
प फ ब भ म
य र ल व स ह
ङ्ह न्ह म्ह य्ह र्ह ल्ह व्ह
ख० स्वर वर्ण
अ , आ
इ, उ, ए, ओ,
(नोट: भुजेल भाषामा मात्रा वा दीर्घताले अर्थमा भिन्नता
ल्यउदैन। )

१.४)क्षेत्रिय भेद:-
विशेषतया एउटै क्षेत्र वरपर बोलिने भएकाले भुजेल भाषमा क्षेत्रिय भेद भने देखिदैन अर्थात स्थान बिशेष का आधारमा भुजेल भाषामा फरकपन भेटिदैन ।

२) राष्टिय परिदृश्यमा भुजेल भाषा:-
राष्टिय जनगणनामा २०६८ मा भुजेल भाषा ले ०.०८१% स्थान अोगटेको छ । । भुजेल जातिको जनसख्या ११८५६५(०.४५%) र वक्ताको सख्या २३२९०(०.०८१% )रहेको छ । १९.७%भुजेलहरु भाषा प्रति वफादार देखिन्छन भने ८०.३% भुजेलहरुले अाफ्नो मातृभाषा बिर्षेको देखिन्छ ।

भाषा योजनाकार का अनुसार भुजेल भाषा लोपोन्मुख भाषा हो । ५0 हजार भन्दा कम बक्ताभएको भाषा यो समूह अन्तर्गत पर्दछ र भाषा विज्ञानको भाषामा भुजेल भाषा अपसरणशील भाषा हो । बच्चा जन्माउने उमेर समुहका आफुहरु बिच कुरा गर्न भाषाको राम्रो ज्ञान भएको तर कसैले पनि आफ्नो बालबच्चालाई बोल्न नसिकाउने वा नलगाउने भाषिक समुदाय यो समुहमा पर्छन ।

३) कानुनि मान्यता :
नेपालको संविधानले मातृभाषाको रुपमा बोलिने नेपालका सबै भाषालाई राष्टभाषाको रुपमा स्थापना गरेको हुनाले भुजेल भाषा पनि नेपालको राष्ट्र भाषा हो ।आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (२०५८) को अनुसुचिमा भुजेल जाति पनि सुचिकृत छ ।यसै गरि आदिवासि जनजाति उत्थान प्रतिष्ठान को बर्गिकरण अनुसार यो जाति सिमान्तकृत समूह मा पर्दछ ।शिक्षा ऐन तथा बहुभाषिक शिक्षा कर्यन्वयन निर्देशिका २०६६ पनि जनरि भईसकेकाले भुजेल भाषा लगायतका मातृ भाषामा पठनपाठन कानुन सम्बत छ।

४) भुजेल भाषाको प्रयोग क्षेत्र:-
भुजेल भाषा मुलत तनहु जिल्ला वरपर का क्षेत्रमा बोल्ने गरिन्छ । यो क्षेत्रमा घरमा साथिभाई कामकाजमा भान्छा देखि मेलापात सम्म जीवनयापनको हर क्षेत्रमा वृध्दवृध्दा, वयस्क, युवायुवति केटाकेटि अर्थात सबै उमेर समुहका र पुस्ता ले आफ्नो मातृभाषाको प्रयोग गर्छन ।वभिन्न जिवन संस्कार तथा कुलपुजा हरुमा मातृ भाषाको प्रयोग हुन्छ ।
गोरखा को बेलटार क्षेत्र, तनहुको आधिमुल आरथुम्का बानियाटार ,सेतिपार, कुलमुन, पार्लाङ ,देबघाट गाईघाट, नवलपरासिको ढोडेनि र चितवनको चण्णिभन्ज्याङ मुख्य त भुजेल भाषिको बाहुल्यता भएको क्षेत्र हुन। छिटफुटरुपमा नेपाल भरि बोलिन्छ भने नेपालबाहिर भारतको सिक्किम दार्जिलिङ क्षेत्रमा पनि भुजेल मातृभाषा प्रयोगमा छन।

५) भाषाको विकास :-
प्रत्येक भाषाको आफ्नै बर्णमाला हुन्छ । भुजेल भाषाको बर्णमाला को पनि पहिचान भएको छ (हेर्नुुस १.३मा)। ब्यकरण पुस्तक हरु पनि प्रकाशित भएका छन । भुजेल भाषा प्राराम्भिक अध्यान (अमृत योन्जन र बाबुराम भुजेल) भुजेल भाषाको ब्यकरण (डा दानराज रेग्मी) नेपालमा प्रकासित भुजेल भाषाका पुस्तक हरु हुन भने नेपाल बाहिर प्हुगाल ङुर दार्जलिङ, प्हुगाल ईम्याङ (धर्म ग्रन्थ ) , भुजेल भाषा र सभ्यता (ब्यकरण सहित) दार्जलिङ, भुजेल भाषा (प्हुगाल ङुर) एक अध्यान सिक्किम , प्हुगाल छ्याह्ङक्रुम (भुजेल शब्दकोश ) सिक्किम भुजेल भाषामा प्रकाशीत पुुुस्तकहरु हुन।

६) लिपि:-
भुजेल भाषा लेखनमा देबनगरि लिपिको प्रयोग भईरहेको छ । आफ्नै लिपि भने बिकासको अन्तिम चरणमा छ।
अन्तमा, आदिबासि जनजाति उथ्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ र आदिबासि जनजाति सम्बन्धि ILO माहासन्धि १६९ ले आदिबासि जनजातिका -ओटा पहिचान मध्य मातृभाषलाई पहिलो स्थानमा राखेको छ । जातिय पहिचानको प्रमुख आधार भाषा हो । जाति र भाषा लाई अलग राखेर हेर्न सकिँदैन । तसर्थ मातृभाषालाई देश र समाजमा सदा सर्वदा रहिरहने विरासत र अमुर्त सम्पदाको रुपम हेरिनु पर्दछ । यसर्थ जाति जिबित रहन भाषालाई बचाउन आवश्यक छ । भान्छा देखिनै मातृभाषा बोलचाल शुरु गरिनु पर्छ र सार्वजानिक समारोहमा समेत यथोचित ढंङ्गले प्रयोग गरिनु पर्दछ।मातृभाषा मा बोलचाल गर्नु भनेको पहिचान जिवन्त रहनु हो ।
सेवानुङ

साउन २४ गते, २०७५ - ११:४१ मा प्रकाशित
विपत् जोखिम रोक्न सबैको दायित्व’

विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको...   

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर...   

आजबाट नयाँ बीमा योजना शुभारम्भ

काठमाडौँ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   

थामी नसक्नु, रोकी नसक्नुकाे भ्रष्टाचार भयाेः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी...   

गुम्बा विकास समितिलाई विभाग बनाइनेः मन्त्री अधिकारी

ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा...   

यसकारण प्रदेशसभाको बैठक अनिश्चित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण...   
आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन...   

शेयर लगानीकर्ता नेपाल स्टक एक्सचेञ्ज अगाडि अनशनमा

काठमाडौँ। शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल...   

तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु छैनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न...   

प्रजातन्त्रका सेनानी तथा कांग्रेस नेता साउदेनको निधन

पशुपतिनगर। प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top