Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

दुवै छोरा सरकारी सेवामा, बाबु भने ऋण नर्तिदा जेलमा

\"Jail-2\"काठमाडौं, १६ असोज ।उनका एक छोरा नेपाली सेनाका उच्चपदस्थ अधिकृत छन् । अर्का छोरा पनि नेपाल प्रहरीको जुनियर अधिकृत छन् । नेपाली सेनामा कार्यरत जेठा छोरा दिलबहादुर खड्का अहिले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको सिलसिलामा विदेशमा छन् भने कान्छा छोरा थीरहरि प्रहरी सेवाको सिलसिलामा काठमाडौंमै । आजको राजधानीमा खबर छ– आर्थिक रूपमा सम्पन्न यी दुईका ७७ वर्षीय वृद्ध बाबु गणेशबहादुर खड्काले भने झन्डै पाँच लाख रुपैयाँ ऋण नतिरेको अभियोगमा जेल जीवन बिताउनुपर्ने अवस्था आएको छ । नातामा छोरीज्वाइँ पर्नेसँग लिएको ऋण नतिर्दा वृद्ध गणेशबहादुरको बास अब कारागारमा हुन लागेको हो । ओखलढुंगा सिंहदेवी गाविसका गणेशबहादुरले २१ वर्षअघि ०५२ सालमा आफ्नै दाजुका छोरीज्वाइँसँग २ लाख ३६ हजार रुपैयाँ ऋण लिएका थिए । छोरीज्वाइँ नाता पर्ने रामकृष्ण भण्डारीले आफूसँग लिएको ऋण तिर्न गणेशबहादुरलाई धेरै ताकेता गरे । तर, कुनै सुनवाइ भएन । त्यसपछि यो मुद्दा अदालतसमक्ष पुग्यो । पुनरावेदन अदालत पाटनको फैसलाअनुसार अब गणेशबहादुरलाई काठमाडौं जिल्ला अदालतको पत्रको आधारमा पक्राउ गरी काठमाडौं ल्याउन लागिएको छ । उनलाई तीन दिनअघि सिंहदेवीबाटै पक्राउ गरिएको हो । उनलाई ६ असोज ०७३ को आदेशअनुसार एक वर्ष कैद भुक्तान गर्न भण्डारीले जेल बस्दा लाग्ने खर्च ३६ हजार ६ सय २० रुपैयाँसमेत जम्मा गरिदिएका छन् । अदालतले मुलुकी ऐन दण्डसजाय महलको ४२ नं। र लेनदेन व्यवहारको १९ नं। बमोजिम बिगो ४ लाख ७३ हजार ८ सय बुझाउनुपर्ने फैसला गरेको थियो । तर, उनले सो रकम तिर्न आनाकानी गरेपछि भण्डारीले उनलाई कैद सजायको माग गरेका हुन् । अदालतको आदेशलाई समेत बेवास्ता गरी गणेशबहादुरले भण्डारीको रकम बुझाउन आनाकानी गरेका थिए । ०५२ सालमा लिएको रकमको ०५५ सालमा कागज परिवर्तन गरिएको थियो भने ०५९ सालमा पुनः अर्को कागज परिवर्तन गर्दा पनि उनले पैसा तिर्न आनाकानी गरेका थिए । त्यसको १० वर्षपछि २३ असोज ०६९ मा काठमाडौं जिल्ला अदालतमा पहिलो फैसला भएको थियो । सो फैसलाविरुद्ध पुनरावेदन गरेका गणेशबहादुरले ११ पुस ०७१ को अर्को फैसलामा समेत हारेका थिए । भण्डारीले १४ माघ ०७२ मा फैसलाबमोजिमको बिगो भराइपाऊँ भन्दै अर्को दरखास्त दिएका थिए । तर, त्यसलाई पनि उनले बेवास्ता गरेका थिए । सो मुद्दा हेरिरहेका अधिवक्ता कुमार घिमिरे उनका दुई भाइ छोरा पनि सरकारी जागिरे रहेको अवस्थामा पैसा तिर्न नसक्नु अचम्मको विषय भएको बताउँछन् । ‘उनका छोराहरू वृद्ध गणेशबहादुरले लिएको रकम तिर्न सक्ने अवस्थामा छन्, तर, दसैंको मुखमा ७७ वर्षीय वृद्ध बाबुलाई जेल पठाउन किन रहर लागेको हो, बुझ्न सकिएन,’ अधिवक्ता घिमिरेले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending