काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै निर्वाचन मोडमा लैजाने निर्णयहरू गरेको छ । नयाँ नेतृत्वले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई आफ्नो पहिलो र निर्णायक राजनीतिक परीक्षा मानेर तयारी तीव्र बनाएको संकेत बैठकका निर्णयहरूले दिएका छन् ।
बिहीबार ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले घोषणापत्र निर्माण र निर्वाचन परिचालनलाई केन्द्रीय प्राथमिकतामा राख्दै दुई शक्तिशाली समिति गठन गरेको छ । नेता देवराज चालिसेका अनुसार पार्टी सभापति गगनकुमार थापाकै संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरिएको छ ।
“यो घोषणापत्र नारामुखी होइन, कार्यमुखी हुनेछ,” चालिसेले भने, “कति वर्षमा कस्तो कांग्रेस र कस्तो नेपाल बनाउने भन्ने स्पष्ट रोडम्याप र कार्ययोजना यसमा समेटिन्छ।” नयाँ कांग्रेसको वैचारिक दिशा, शासनशैली र विकास मोडेल घोषणापत्रमार्फत प्रस्तुत गर्ने तयारी बैठकले गरेको छ ।
त्यसैगरी, निर्वाचनलाई सांगठनिक रूपमा सशक्त बनाउने उद्देश्यले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिले देशभर पार्टी संरचना सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने र चुनावी अभियानलाई केन्द्रीकृत ढंगले अघि बढाउने जिम्मेवारी पाएको छ ।
बैठकको अर्को महत्वपूर्ण निर्णय निर्वाचन आयोगसँग सम्बन्धित छ । विशेष महाधिवेशनबाट नेतृत्व हेरफेर भइसकेकाले आयोगमा रहेका पुराना अभिलेख हटाएर नयाँ विवरण अद्यावधिक गर्ने निर्णय गरिएको छ । चालिसेका अनुसार उम्मेदवार मनोनयनका लागि प्रयोग हुने आधिकारिक हस्ताक्षर परिवर्तन गर्ने, समानुपातिक बन्दसूची संशोधन गर्ने लगायतका कानुनी र वैधानिक प्रक्रिया तत्काल अघि बढाइनेछ ।
बैठकले समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै “बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस” निर्माण गर्ने संकल्पसमेत व्यक्त गरेको छ । “राजनीति जनताका लागि हो, केही व्यक्तिका लागि होइन भन्ने सन्देश व्यवहार र घोषणापत्र दुवैबाट दिन चाहन्छौं,” चालिसेले भने, “नयाँ पुस्ताको अपेक्षा, समयको माग र लोकतान्त्रिक मूल्यअनुसारको कांग्रेस हाम्रो लक्ष्य हो।”
केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहनेछ । बैठकपछि नेताहरू नयाँ विवरण अद्यावधिकका लागि निर्वाचन आयोगतर्फ प्रस्थान गरेका छन् । यससँगै कांग्रेसको आन्तरिक पुनर्संरचनाको प्रक्रिया अब औपचारिक रूपमा संवैधानिक र निर्वाचनिक चरणमा प्रवेश गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: