काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै निर्वाचन मोडमा लैजाने निर्णयहरू गरेको छ । नयाँ नेतृत्वले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई आफ्नो पहिलो र निर्णायक राजनीतिक परीक्षा मानेर तयारी तीव्र बनाएको संकेत बैठकका निर्णयहरूले दिएका छन् ।
बिहीबार ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले घोषणापत्र निर्माण र निर्वाचन परिचालनलाई केन्द्रीय प्राथमिकतामा राख्दै दुई शक्तिशाली समिति गठन गरेको छ । नेता देवराज चालिसेका अनुसार पार्टी सभापति गगनकुमार थापाकै संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरिएको छ ।
“यो घोषणापत्र नारामुखी होइन, कार्यमुखी हुनेछ,” चालिसेले भने, “कति वर्षमा कस्तो कांग्रेस र कस्तो नेपाल बनाउने भन्ने स्पष्ट रोडम्याप र कार्ययोजना यसमा समेटिन्छ।” नयाँ कांग्रेसको वैचारिक दिशा, शासनशैली र विकास मोडेल घोषणापत्रमार्फत प्रस्तुत गर्ने तयारी बैठकले गरेको छ ।
त्यसैगरी, निर्वाचनलाई सांगठनिक रूपमा सशक्त बनाउने उद्देश्यले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिले देशभर पार्टी संरचना सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने र चुनावी अभियानलाई केन्द्रीकृत ढंगले अघि बढाउने जिम्मेवारी पाएको छ ।
बैठकको अर्को महत्वपूर्ण निर्णय निर्वाचन आयोगसँग सम्बन्धित छ । विशेष महाधिवेशनबाट नेतृत्व हेरफेर भइसकेकाले आयोगमा रहेका पुराना अभिलेख हटाएर नयाँ विवरण अद्यावधिक गर्ने निर्णय गरिएको छ । चालिसेका अनुसार उम्मेदवार मनोनयनका लागि प्रयोग हुने आधिकारिक हस्ताक्षर परिवर्तन गर्ने, समानुपातिक बन्दसूची संशोधन गर्ने लगायतका कानुनी र वैधानिक प्रक्रिया तत्काल अघि बढाइनेछ ।
बैठकले समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै “बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस” निर्माण गर्ने संकल्पसमेत व्यक्त गरेको छ । “राजनीति जनताका लागि हो, केही व्यक्तिका लागि होइन भन्ने सन्देश व्यवहार र घोषणापत्र दुवैबाट दिन चाहन्छौं,” चालिसेले भने, “नयाँ पुस्ताको अपेक्षा, समयको माग र लोकतान्त्रिक मूल्यअनुसारको कांग्रेस हाम्रो लक्ष्य हो।”
केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहनेछ । बैठकपछि नेताहरू नयाँ विवरण अद्यावधिकका लागि निर्वाचन आयोगतर्फ प्रस्थान गरेका छन् । यससँगै कांग्रेसको आन्तरिक पुनर्संरचनाको प्रक्रिया अब औपचारिक रूपमा संवैधानिक र निर्वाचनिक चरणमा प्रवेश गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...
माघ २ गते, २०८२ - १३:४६
भक्तपुर । माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...
माघ २ गते, २०८२ - १३:२९
विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आग...
माघ २ गते, २०८२ - १३:२८
काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनि...
माघ २ गते, २०८२ - १२:२९
सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्र...
माघ २ गते, २०८२ - १२:२७
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ...
माघ २ गते, २०८२ - १२:१९
झापा । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्...
माघ २ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो । ...
माघ १ गते, २०८२ - २१:५५
काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...




प्रतिकृया लेख्नुहोस्: