Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

गठबन्धन अस्वीकार गर्दै ‘माटो’ चिन्हसहित चुनावी मैदानमा श्रम संस्कृति पार्टी

खबरडबली संवाददाता

विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आगामी संसदीय निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट घोषणा गरेको छ । पार्टी आफ्नै चुनाव चिह्न ‘माटो’ लिएर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारीमा जुटेको छ ।

पार्टीका प्रवक्ता सत्य घलेका अनुसार श्रम संस्कृति पार्टी अहिले उम्मेदवार छनोट र टिकट वितरणको अन्तिम चरणमा छ । विशेषगरी प्रदेश १ का अधिकांश क्षेत्रमा उम्मेदवारी टुंग्याइसकिएको छ । झापाका पाँचमध्ये चार क्षेत्र, संखुवासभा, भोजपुरलगायत जिल्लामा उम्मेदवार फाइनल भइसकेका छन् । पूर्वका उम्मेदवारहरूलाई धरानमै बोलाएर टिकट वितरण भइरहेको छ भने अध्यक्ष हर्क साम्पाङ चाँडै काठमाडौं पुगेर बाँकी प्रदेशका उम्मेदवार टुंग्याउने तयारीमा छन् ।

पार्टीले १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने लक्ष्य लिएको र त्यसका लागि संगठन विस्तार तीव्र बनाइएको घले बताउँछन् । उनका अनुसार श्रम संस्कृति पार्टी कुनै सहकार्य वा तालमेलको राजनीतिमा विश्वास गर्दैन । “हाम्रो विचार र सिद्धान्तसँग सहमत हुनेहरू हाम्रो पार्टीमा आएर माटो चिन्हबाट चुनाव लड्न सक्छन्, तर बाहिरबाट गठबन्धन हुँदैन,” उनको भनाइ छ ।

पछिल्लो समय अन्य नयाँ राजनीतिक शक्तिसँग संवाद भए पनि चुनावी सहकार्य सम्भव नभएको पार्टीको दाबी छ । प्रवक्ता घलेले केही दलहरूलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीलाई वैचारिक रूपमा कमजोर पार्न खोजिएको आरोपसमेत लगाएका छन् । विशेषगरी एमसीसीको मुद्दामा फरक धारणा राख्ने शक्तिहरूसँग कुनै सहकार्य नहुने उनको स्पष्ट सन्देश छ ।

सुनसरी क्षेत्र नम्बर १ बाट हर्क साम्पाङको उम्मेदवारी लगभग निश्चित मानिएको छ । पार्टी नेताहरूले उक्त क्षेत्रमा हर्क साम्पाङको जित ‘अपरिहार्य’ रहेको दाबी गर्दै आएका छन् । उनीहरूका अनुसार विगतमा बहुदलीय गठबन्धनलाई पराजित गरेका साम्पाङलाई यसपटक पनि रोक्न सकिने अवस्था छैन ।

श्रम संस्कृति पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ बहुमत हासिल गरेर सरकार बनाउने लक्ष्य लिएको दाबीसमेत गरेको छ । पार्टी नेतृत्वले आफूहरूलाई “श्रम, स्वाभिमान र आत्मनिर्भरता”को राजनीतिमा आधारित विकल्पको रूपमा प्रस्तुत गरिरहेको छ ।

यसैबीच, हर्क साम्पाङले माघ ५ गतेतिर धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । राजीनामापछि उनी पूर्ण रूपमा राष्ट्रिय चुनावी अभियानमा होमिने पार्टीको भनाइ छ ।

पहिचान, संस्कृति र राजनीतिक दिशाबारे पार्टीको धारणा स्पष्ट रहेको बताउँदै श्रम संस्कृति पार्टीले गणतन्त्र, श्रम र संस्कृतिको सम्मान गर्ने शक्तिसँग मात्रै सहकार्य सम्भव हुने जनाएको छ । अस्पष्ट विचार, अवसरवादी राजनीति र विदेशी प्रभाव स्वीकार नगर्ने पार्टीको दाबी छ ।

स्थानीय तहबाट उदाएको श्रम संस्कृति पार्टी अब गठबन्धनविहीन, कडा वैचारिक र प्रत्यक्ष प्रतिस्पर्धाको बाटो रोज्दै केन्द्रको राजनीतिमा नयाँ धक्का दिने रणनीतिमा देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: