Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जनार्दन खुसुक्क पुगे गुण्डु, ओलीसँग भएकाे गुप्त भेटमा चुनावी तालमेलको प्रस्ताव

खबरडबली संवाददाता

भक्तपुर ।  माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको औपचारिक पहल गरेका छन् । पूर्वमाओवादी नेताहरू पुनः नयाँ शक्ति निर्माणमा लागिरहेको सन्दर्भमा शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरी चुनावी तालमेलको प्रस्ताव अघि सारेका हुन् ।

प्रलोपा निकट स्रोतका अनुसार शर्मा केही दिनअघि भक्तपुरको गुण्डु पुगेर अध्यक्ष ओलीसँग एक्लाएक्लै छलफलमा बसेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिम पुगेर जनार्दनलाई राजनीतिक रूपमा ललकारेको केही समयमै शर्मा ओली निवास पुगेका हुन्, जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओली–शर्मा भेट पूर्ण रूपमा गोप्य राखिए पनि स्रोतले दिएको जानकारीअनुसार शर्माले केही रणनीतिक निर्वाचन क्षेत्रमा आपसी सहकार्यको प्रस्ताव गरेका छन् । विशेषगरी रुकुम पश्चिममा आफूलाई सहयोग गर्न शर्माले आग्रह गरेका थिए । एमाले अध्यक्ष ओली त्यसमा सकारात्मक देखिएको बताइन्छ ।

एमाले पक्षले सकेसम्म जनार्दन शर्मालाई सूर्य चिन्हबाटै चुनाव लड्न सुझाव दिएको स्रोतको दाबी छ । यद्यपि, शर्माको नेतृत्वमा बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीको आधिकारिक चुनाव चिन्ह भने ‘आँखा’ रहेको छ । चिन्ह र दलगत पहिचानको विषयमा अन्तिम सहमति भने भइसकेको छैन ।

एमाले नेताहरूका अनुसार रुकुम पश्चिम, रोल्पा, कालिकोटलगायतका जिल्लामा माओवादीबाट अलग भएका जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका समूहसँग रणनीतिक सहकार्य गरेर चुनावमा जाने सम्भावना अझै खुला छ । वाम मत विभाजन रोक्ने र पुराना प्रभावशाली अनुहारलाई साथमा ल्याउने एमालेको रणनीति यसमा केन्द्रित देखिन्छ ।

जनार्दन शर्मा–केपी ओली भेटलाई आगामी निर्वाचनको शक्ति सन्तुलन बदल्ने प्रयासका रूपमा हेरिएको छ । माओवादी राजनीतिमा असन्तुष्ट समूहहरू एमालेतर्फ नजिकिँदै गएको यो घटनाले वाम राजनीतिक ध्रुवीकरणलाई थप चर्काउने संकेत गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

दुई दिनकाे वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडाैंं । शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक वि...

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: