काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक रूपमा जानकारी गराएको छ ।
ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै थापा नेतृत्वको कांग्रेस टोली निर्वाचन आयोग पुगेको हो । टोलीले पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशन, त्यसको वैधानिक प्रक्रिया र महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण आयोगसमक्ष प्रस्तुत गरेको एक नेताले जानकारी दिए ।
गगन समूहले विशेष महाधिवेशन कांग्रेसको विधानअनुसार बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएकाले आफूहरू नै वास्तविक र वैध नेपाली कांग्रेस भएको दाबी गर्दै आएको छ । सोही आधारमा पार्टीको अद्यावधिक विवरण आयोगको अभिलेखमा राख्न आग्रह गरिएको बताइएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति बुधबार राति औपचारिक रूपमा घोषणा गरिएको थियो । यससँगै कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विवाद अब राजनीतिक बहसभन्दा बाहिर निस्केर संवैधानिक र कानुनी तहमा प्रवेश गरेको छ ।
निर्वाचन आयोगको निर्णयले कांग्रेसको भविष्य मात्र होइन, आसन्न प्रतिनिधिसभा निर्वाचनको समीकरणसमेत प्रभावित हुने भएकाले अब सबैको ध्यान आयोगको निर्णयतर्फ केन्द्रित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...
माघ २ गते, २०८२ - १३:४६
भक्तपुर । माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...
माघ २ गते, २०८२ - १३:२९
विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आग...
माघ २ गते, २०८२ - १३:२८
काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनि...
माघ २ गते, २०८२ - १२:२९
सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्र...
माघ २ गते, २०८२ - १२:२७
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ...
माघ २ गते, २०८२ - १२:१९
झापा । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्...
माघ २ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो । ...
माघ १ गते, २०८२ - २१:५५
काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...




प्रतिकृया लेख्नुहोस्: