Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

\"dashain-ticket-booking-750\"काठमाडौं, १४ असोज । यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । आजको नयाँ पत्रिकामा खबर छ– दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन् । क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् । क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन । त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ । ‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुपर्यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं । छलफल भइरहेको छ ।’ पश्चिमतर्फ जाने बस टिकट सकिए महेन्द्रनगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् । समस्या व्यवस्थापनबारे छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला बताउछन् । यातायात मन्त्रालयमा शुक्रबार अहिले देखिएको समस्याबारे छलफल हुँदैछ । सडक समस्या तथा नयाँ बस नथपेकाले पनि टिकटको अभाव भएको हो । गत वर्षको नाकाबन्दीमा व्यवसायीले आर्थिक समस्या झेलेकाले नयाँ बस थप्न समस्या भएको सिटौलाले बताए । मुग्लिन–नारायणघाट सडकखण्ड पनि एउटा कारण भएको उनको भनाइ छ । १६ दिनलाई सबैतिर रुट परमिट व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ । जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ । तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय भएको हो । परमिट दिँदा पनि व्यवसायीले क्षमताभन्दा बढी बोक्न पाउनुपर्ने भन्दै अप्ठेरो पारेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत टिकट बुकिङ बाँकी गत वर्षको तुलनामा अझै ४० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ । सडकको अवस्थासहितका कारणले यस वर्ष धेरै बस सञ्चालन गर्न नसकिएको र छिटै टिकट सकिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । माग पूरा भए फेरि टिकट खोल्न सकिने एक व्यवसायीको भनाइ छ । केही यातायात व्यवसायी समितिले भने सर्वसाधारणलाई टिकट नदिई ‘होल्ड’समेत गरेका छन् । बिपी राजमार्गमा आन्दोलन कायमै बिपी राजमार्गअन्तर्गत खुर्कोट–सिन्धुलीको ३९ किलोमिटर सडकखण्डमा बसलाई अस्थायी रुट परमिट नदिइएको भन्दै यातायात व्यवसायीले सवारी ठप्प पारेका छन् । साँघुरो सडकमा जोखिम हुने भएकाले यातायात व्यवस्था विभागले परमिट नदिएको हो । तर, परमिट माग्दै व्यवसायीले बिहीबार यातायातमन्त्री रमेश लेखकलाई भेटेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending