Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

३ वर्षमा २३ गाडी त्रिशुलीमा खसे

\"trishuli_bus-750\"काठमाडौं, १२ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन । यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना।३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन । तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् । ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए । भदौमा एक सय ६० को मृत्यु गत ३१ साउनमा काभ्रेमा भएको सवारी दुर्घटनापछि देशभरि ट्राफिक नियम पालनामा कडाइ गरिएपछि पनि दुर्घटनामा कमी आएको छैन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार भदौमा देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यु भएको छ । साउनमा एक हजार चार सय ३६ वटा दुर्घटना भएकोमा एक सय ८० जनाको मृत्यु भएको थियो । साउनको तुलनामा भदौमा दुर्घटनामा कमी आएको छ । साउनमा चार सय २० जना गम्भीर घाइते भएका थिए भने आठ सय ७८ जना सामान्य घाइते भएका थिए । भदौमा दुई सय ५३ गम्भीर घाइते तथा आठ सय ४० सामान्य घाइते भएका थिए । काभ्रे बस दुर्घटनापछि सबै जिल्लामा कडाइ गत ३० साउनमा काभ्रेमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएपछि सबै जिल्लामा कडाइ गरिएको थियो । रुट परमिट नलिई ग्रामीण क्षेत्रमा बस चलाइएकोमा रोकिएको थियो । तर, फेरि अस्थायी रुट परमिट दिएर सवारी चलाउन थालिएको छ । काभ्रेकै दुर्घटना भएको सडकमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको समितिले अस्थायी रुट परमिट दिएको छ । दुई साताअघि काभ्रेका तत्कालीन सिडिओ बालकृष्ण पन्थीले रुट परमिट दिएका हुन् । पन्थी हाल गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख छन् । उक्त सडकखण्डमा फेरि क्षमताभन्दा दोब्बर यात्रु लिएर बस सञ्चालन हुन थालेको छ । अन्य जिल्लामा पनि अवस्था त्यस्तै छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनु्सार नेपालमा हरेक दिन पाँचदेखि ६ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । गत वर्ष नेपालमा दुई हजार ६ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने चार हजार एक सय ८२ गम्भीर घाइते भएका थिए । पूर्वमन्त्री घिमिरेको गाडी दुर्घटनाबारे छानबिन समिति पूर्वगृहमन्त्री घिमिरे सवार गाडी दुर्घटनाबारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा सरकारले मंगलबार छानबिन समिति गठन गरेको हो । दुर्घटनालाई कतिपयले शंकास्पद रूपमा लिएपछि छानबिन समिति गठन गरिएको हो । प्रारम्भिक अनुसन्धानअनुसार गाडी पूर्वमन्त्री घिमिरेले नै चलाएका थिए । घिमिरेसहित उनका दुई भाइ बेपत्ता छन् । उनका चालक विष्णु राई घाइते भएका थिए । घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, भान्जा नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सइ रामचन्द्र कार्कीको मृत्यु भएको थियो । गृहमन्त्री विमलेन्द्र निधि सुरक्षा निकायका प्रमुख तथा पत्रकारको टोली लिएर मंगलबार हेलिकोप्टरमार्फत घटनास्थल पुगेका थिए । ८१ हजार किमि सडकमा ३० हजार किमि मात्रै योग्य १। सडकको अवस्था नेपालमा ग्रामीण र रणनीतिक तथा कालोपत्रे–कच्ची सडकको कुल लम्बाइ ८१ हजार तीन सय आठ किलोमिटर पुगेको छ । उक्त सडकमध्ये ३० हजार किलोमिटर यातायात सञ्चालन गर्न योग्य छ । यसमध्ये १७ हजार किलोमिटरमा मात्र १२ महिना यातायात सञ्चालन गर्न सकिने अवस्थामा छ । तर, व्यावहारिक भने प्राविधिक रूपमा कुनै पनि सडकको ट्र्याक खोल्नेबित्तिकै सवारी सञ्चालन गर्ने गरिएको छ । २। सवारी साधनको अवस्था ०५६ मा मन्त्रिपरिषद् बैठकले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको थियो । सामान्यतः २० वर्षसम्म सवारी सञ्चालन गरेपछि लगानी उठी नाफासमेत हुने भएकाले अनिवार्य पत्रु गर्नुपर्ने व्यवस्था गरिएको हो । तर, व्यवसायीले तोकिएको अवधि नाघेका सवारीसाधन पत्रु गर्ने गरेका छैनन् । ३। सवारी चालकको अनुभव नेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । निश्चित मापदण्ड नहुँदा जसले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । व्यावसायिक रूपमा सवारी नचलाउनेमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरूको भनाइ छ । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र तिनीहरूमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन । ४। यात्रुको ढिपी यात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको ट्राफिक इन्जिनियरहरूको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो सवारी हाँक्न लगाउनेलगायतका व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको प्रहरीहरूको भनाइ छ । प्राविधिक रूपमा सक्षम नरहेका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending