Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जाँचबुझ तथा प्रमाणीकरण प्रक्रियाको पुनरावलोकन गरिरहेको भन्दै यस्तो निर्णय लिएको फक्स न्युजले जनाएको छ।

फक्स न्युजले प्राप्त गरेको विदेश मन्त्रालयको आन्तरिक मेमोअनुसार, पुनरावलोकन अवधि भर कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनअनुसार आप्रवासी भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने र पुनरावलोकन पूरा नहुँदासम्म अनिश्चितकालसम्म जारी रहने बताइएको छ।

सूचीमा नेपालसहित सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायत देशहरू परेका छन्। आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबासका लागि दिइने दीर्घकालीन भिसा हो, जुन विद्यार्थी, बिजनेस वा भिजिट जस्ता अल्पकालीन भिसाभन्दा फरक हुन्छ।

यसअघि अमेरिकाले नेपाली नागरिकका लागि बिजनेस (बी–१) र भिजिट (बी–२) भिसामा धरौटी राख्नुपर्ने नयाँ व्यवस्था पनि सार्वजनिक गरेको थियो। सो नियम माघ ७ देखि लागू हुने जनाइएको छ। उक्त भिसामा अमेरिका जाने व्यक्तिले अधिकतम ६ महिनासम्म बस्न पाउनेछन्।

भिसा अन्तर्वार्ताका क्रममा दूतावासका अधिकारीले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये कुनै एक रकम धरौटी राख्न लगाउनेछन्। यो रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को फाराममार्फत स्वयं आवेदकले बुझाउनुपर्नेछ। तेस्रो पक्षमार्फत भुक्तानी गर्न पाइने छैन।

भिसाको अवधि नाघेर बस्ने अवस्थामा धरौटी रकमबाट कट्टा गरिनेछ। साथै, यस्ता भिसा धारकले अमेरिका प्रवेश र प्रस्थान तोकिएका तीन अन्तर्राष्ट्रिय विमानस्थल—बोस्टन लोगान, न्यूयोर्कको जोन एफ. केनेडी र वाशिङ्टन डुलिस—बाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ। अन्य विमानस्थल प्रयोग गरेमा नियन्त्रणमा लिन सकिने चेतावनी दिइएको छ।

अमेरिका प्रवेशकै बेला फर्कने मिति दर्ता गराउनुपर्नेछ। निर्धारित समयमै देश छाडेपछि धरौटी रकम फिर्ता हुने व्यवस्था छ। भिसा पाए पनि यात्रा नगरेको अवस्थामा वा विमानस्थलबाट फर्काइएमा पनि धरौटी फिर्ता पाइनेछ।

यद्यपि, धरौटी तिर्दैमा भिसा सुनिश्चित हुने छैन। काउन्सिलर अफिसरको निर्देशनबिना बुझाइएको धरौटी फिर्ता नहुने उल्लेख छ। साथै, बिजनेस वा भिजिट भिसामा गएर अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी प्रक्रिया थालेमा धरौटी जफत हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: