Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जाँचबुझ तथा प्रमाणीकरण प्रक्रियाको पुनरावलोकन गरिरहेको भन्दै यस्तो निर्णय लिएको फक्स न्युजले जनाएको छ।

फक्स न्युजले प्राप्त गरेको विदेश मन्त्रालयको आन्तरिक मेमोअनुसार, पुनरावलोकन अवधि भर कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनअनुसार आप्रवासी भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने र पुनरावलोकन पूरा नहुँदासम्म अनिश्चितकालसम्म जारी रहने बताइएको छ।

सूचीमा नेपालसहित सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायत देशहरू परेका छन्। आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबासका लागि दिइने दीर्घकालीन भिसा हो, जुन विद्यार्थी, बिजनेस वा भिजिट जस्ता अल्पकालीन भिसाभन्दा फरक हुन्छ।

यसअघि अमेरिकाले नेपाली नागरिकका लागि बिजनेस (बी–१) र भिजिट (बी–२) भिसामा धरौटी राख्नुपर्ने नयाँ व्यवस्था पनि सार्वजनिक गरेको थियो। सो नियम माघ ७ देखि लागू हुने जनाइएको छ। उक्त भिसामा अमेरिका जाने व्यक्तिले अधिकतम ६ महिनासम्म बस्न पाउनेछन्।

भिसा अन्तर्वार्ताका क्रममा दूतावासका अधिकारीले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये कुनै एक रकम धरौटी राख्न लगाउनेछन्। यो रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को फाराममार्फत स्वयं आवेदकले बुझाउनुपर्नेछ। तेस्रो पक्षमार्फत भुक्तानी गर्न पाइने छैन।

भिसाको अवधि नाघेर बस्ने अवस्थामा धरौटी रकमबाट कट्टा गरिनेछ। साथै, यस्ता भिसा धारकले अमेरिका प्रवेश र प्रस्थान तोकिएका तीन अन्तर्राष्ट्रिय विमानस्थल—बोस्टन लोगान, न्यूयोर्कको जोन एफ. केनेडी र वाशिङ्टन डुलिस—बाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ। अन्य विमानस्थल प्रयोग गरेमा नियन्त्रणमा लिन सकिने चेतावनी दिइएको छ।

अमेरिका प्रवेशकै बेला फर्कने मिति दर्ता गराउनुपर्नेछ। निर्धारित समयमै देश छाडेपछि धरौटी रकम फिर्ता हुने व्यवस्था छ। भिसा पाए पनि यात्रा नगरेको अवस्थामा वा विमानस्थलबाट फर्काइएमा पनि धरौटी फिर्ता पाइनेछ।

यद्यपि, धरौटी तिर्दैमा भिसा सुनिश्चित हुने छैन। काउन्सिलर अफिसरको निर्देशनबिना बुझाइएको धरौटी फिर्ता नहुने उल्लेख छ। साथै, बिजनेस वा भिजिट भिसामा गएर अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी प्रक्रिया थालेमा धरौटी जफत हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending