Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

खबरडबली संवाददाता

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जान निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको हो । नवलपुरतर्फबाट दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा सहज र छिटो रुपमा देवघाटधाम स्नान गर्न आउन सकिने उनले बताए । यसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो प्रयोग गर्न सकिने जनाए ।

गैँडाकोटको वडा नम्बर १ र ३ जोड्ने जुक्तिखोलामा पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट उत्तरतर्फ करिब २० मिनेटको यात्राबाटै कालीगण्डकी नदीको केलादीघाट पुग्न सकिने तिवारीले बताए । केलादीघाटको पारिपट्टि देवघाटको बेनी सङ्गम रहेकाले डुङ्गा तरेर तथा कालीगण्डकी नदीमाथिको पक्की पुलबाट पनि बेनी स्नानमा जान सकिने जानकारी दिए । चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै उनले नवलपुरतर्फबाट यात्रा सहज हुने बताए ।

गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उनले बताए । बुधबार साँझदेखि नै भक्तजनलाई कालीगण्डकी नदी वारपार गराउन केलादीघाटमा डुङ्गा तयारी अवस्थामा राखिएको जानकारी दिए। कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको र बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गा सञ्चालन गरिएको उनको भनाइ छ ।

माघेसङ्क्रान्तिका दिन नवलपुर र पश्चिमतर्फबाट आउने तीर्थालुलाई नवलपुर–चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न कठिन र असहज हुने गरेको उनले बताए । तीर्थालुले माघेसङ्क्रान्ति स्नान सहज रुपमा गर्न सकून् भन्ने उद्देश्यले केलादीघाटबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको उनले स्पष्ट पारे । ¥याफ्टिङ डुङ्गाको प्रबन्ध गैँडाकोट–३ नम्बर वडा कार्यालयले गरेको हो ।

नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालु गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा यात्रा सहज र छोटो हुने उनले बताए । चितवनबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भए पनि नवलपुरतर्फबाट करिब पाँच किलोमिटरमै देवघाट पुग्न सकिने उनले जनाए । धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा नभएकाले प्रचारप्रसारका लागि निःशुल्क डुङ्गाको व्यवस्था गरिएको उनको भनाइ छ । डुङ्गा सञ्चालकसँग सम्झौता गरी शुल्क वडा कार्यालयले नै भुक्तानी गर्ने र तीर्थालुसँग कुनै शुल्क नलिने व्यवस्था गरिएको छ ।

नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न उनले आग्रह गरे । मुक्तिनाथबाट बग्ने कालीगण्डकी र गोसाइँकुण्डबाट बग्ने त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन्। आज बिहान देवघाटको बेनी सङ्गममा देवघाटका विभिन्न धार्मिक सङ्घसंस्थाको उपस्थितिमा बाँसको लिङ्गो गाडेपछि देवघाटधाममा मकर स्नान सुरु भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending