Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

कांग्रेसले यसकारण मन्त्री छान्न सकेन

\"ramchandra काठमाडौं, ९ भदौ । भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन । सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न नसकेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – पार्टीको भागमा परेका १३ मध्ये पाँच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ। तर, सभापति देउवाले चार मन्त्री र दुई राज्यमन्त्री मात्र दिने भनेपछि सहमति हुन सकेको छैन । देउवाले मंगलबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडलनिवास बोहराटार पठाएका थिए। ‘मंगलबार साँझ चार मन्त्री र दुई राज्यमन्त्री दिने प्रस्ताव लिएर उपप्रधानमन्त्री विमलेन्द्र निधि निवासमा आउनुभएको थियो, त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो,’ पौडेलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘सभापति विधि र पद्धतिअनुरूप चल्नुपर्‍यो । यो प्रस्ताव मान्न सकिन्न ।’ पौडेलले बुधबार बिहान आठ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला राखेका थिए । भेलामा पौडेलले सभापतिको प्रस्ताव सुनाएपछि स्विकार्न नसकिने नेताहरूले बताएका थिए । अपराह्न चार बजे पौडेलनिवास बोहराटारमा बसेको उनी पक्षका केन्द्रीय सदस्यसहित सभासद्हरूको भेलाले सम्मानजनक सहभागिताविना सरकारमा नजाने निर्णय गरेको थियो। भेलामा सहभागि केन्द्रिय सदस्य बलबहादुर केसीले सम्मानजनक नभए सरकारमा सहभागि नहुने बताए । ‘सम्मानजनक सहभागिताविना हाम्रो पक्ष सरकारमा सहभागि नहुने निर्णय भएको छ,’ केसीले नयाँ पत्रिकासंग भने ‘हामीले कम्तिमा ५ मन्त्री र ४ राज्य मन्त्री मागेका छौ, त्यति नपाए जादैनौ र कार्यसमितिको निर्णय र पार्टीमा सहमति भएर नाम जादैन । सभापतिले एकलौटी रुपमा नाम पठाउने विषय अर्को भयो ।’ तर, सस्थापन पक्षका नेताहरुले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको मतको आधारमा मन्त्रालय दिनुपर्ने बताएका छन् । सभापतिले मिलाएर लैजान खोज्दा पौडेल पक्षले अनावस्यक दवाव दिन खोजेको पनि सस्थापन पक्षको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending