काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित भएको बताएका छन् ।
शनिबार पश्चिम रूकुममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पूर्वी रूकुमबाट चुनाव लड्ने तयारी अन्तिम चरणमा पुगेको संकेत गरेका हुन् । उनले आफू रूकुमसँग भावनात्मक र राजनीतिक रूपमा गहिरो रूपमा जोडिएको भन्दै दुवै रूकुमलाई समान महत्व दिने स्पष्ट पारे ।
‘हुन सक्छ, म यो निर्वाचन रूकुममैबाट लड्छु,’ प्रचण्डले भने, ‘तर त्यो यही रूकुम मात्रै भन्ने होइन, पूर्वी रूकुम आउने करिब निश्चित भएको छ । पूर्वी रूकुम आएँ भने पश्चिम रूकुम पनि आउने नै हो ।’
उनले पश्चिम रूकुममा पार्टीका उम्मेदवार गोपाल शर्मालाई जिताउन नेता–कार्यकर्तालाई आग्रहसमेत गरे । पश्चिम रूकुम पूर्वमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो । जनार्दन शर्मा हाल नेकपा एकताबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी राजनीतिक गतिविधिमा सक्रिय छन् ।
पार्टी स्रोतका अनुसार प्रचण्ड पूर्वी रूकुमसहित देशका विभिन्न १० निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् । उनी कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३ र रूकुम पूर्वबाट उम्मेदवारका रूपमा सिफारिस भएका हुन् । कतिपय स्थानमा उनी एकल रूपमा र कतिपय स्थानमा अन्य नेतासँगै केन्द्रमा सिफारिस भएका छन् ।
प्रचण्डले प्रत्येक निर्वाचनमा फरक–फरक क्षेत्रबाट उम्मेदवारी दिने प्रवृत्तिका कारण ‘निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेता’को छवि बनाएका छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए र दुवै स्थानबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका उनी सिराहाबाट मात्र निर्वाचित भएका थिए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन–३ बाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनेर विजयी भएका थिए ।
आगामी निर्वाचनका लागि पुनः रूकुम केन्द्रित रणनीतिसहित प्रचण्ड मैदानमा उत्रिने संकेतले कर्णाली र मध्यपहाडी राजनीतिक समीकरण थप चासोको विषय बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: