रास्वपा सचिवालय सदस्य शिशिर खनालका अनुसार, एकताको विषयमा प्रारम्भिक समझदारी भएपछि उज्यालो नेपाल पक्षबाट सम्झौतामा समावेश नभएका नयाँ–नयाँ माग आउन थालेपछि पार्टी नेतृत्व पछि हट्न बाध्य भएको हो । उनका अनुसार पद, मर्यादाक्रम र शक्ति बाँडफाँडका विषयमा दिनहुँ नयाँ प्रस्ताव आउन थालेपछि सहमतिमा रहन कठिन भएको थियो ।
“एकताको कुरा अगाडि बढेपछि हरेक दिन नयाँ माग आउन थाले,” खनालले भने, “पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्तावसमेत आयो, जुन प्रारम्भिक सहमतिमा कतै उल्लेख थिएन । त्यसैले एकता अगाडि नबढाउने निर्णय गरियो ।”
रास्वपाका अनुसार महासचिवसहित थप पदाधिकारी, केन्द्रीय समितिमा उल्लेख्य उपस्थिति र समानुपातिक सिटको सुनिश्चितताजस्ता विषयमा अत्यधिक बार्गेनिङ हुन थालेपछि पार्टी नेतृत्वले एकताको सम्भावना समाप्त भएको ठहर गरेको हो ।
शनिबार भएको भर्चुअल सचिवालय बैठकमा रास्वपा सभापति रवि लामिछानेले एकता प्रक्रिया किन टुंगिएको हो भन्नेबारे सदस्यहरूलाई ब्रिफिङ गरेका थिए । उनले पद केन्द्रित छलफलले साझा राजनीतिक उद्देश्य ओझेलमा परेको उल्लेख गरेको बताइन्छ ।
रास्वपाका एक नेताका अनुसार बालेन शाहसँग सहकार्यको वातावरण अपेक्षाकृत सहज देखिए पनि कुलमान घिसिङसँग भने पदीय व्यवस्थापन र नेतृत्वको हैसियतको विषयमा सहमति बन्न सकेन । ती नेताका अनुसार तीन प्रमुख व्यक्तिबीच कार्यविभाजनको स्पष्ट प्रस्तावसमेत गरिएको थियो ।
प्रस्तावअनुसार रवि लामिछाने पार्टी नेतृत्वमा रहने, बालेन शाहले सरकारको नेतृत्व गर्ने र कुलमान घिसिङले आफ्नो विज्ञता अनुसार भौतिक पूर्वाधार तथा विकास निर्माणको जिम्मेवारी सम्हाल्ने खाका अघि सारिएको थियो । तर, उक्त प्रस्तावमा घिसिङ सन्तुष्ट नदेखिएको र पदीय हैसियत तथा गुटगत व्यवस्थापनमै जोड दिइएपछि एकता प्रक्रिया टुंगिएको रास्वपाको दाबी छ ।
एकता प्रयास असफल भएसँगै वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना र नेतृत्वबीचको प्राथमिकतामाथि पुनः प्रश्न उठेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: