Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

रास्वपा–उज्यालो नेपाल एकता भंग : कहाँ अड्कियो हलाे ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको छ । शनिबार बसेको रास्वपाको आकस्मिक सचिवालय बैठकले प्रारम्भिक सहमति भइसके पनि पछिल्ला घटनाक्रमले एकता असम्भव बनेको निष्कर्ष निकाल्दै प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

रास्वपा सचिवालय सदस्य शिशिर खनालका अनुसार, एकताको विषयमा प्रारम्भिक समझदारी भएपछि उज्यालो नेपाल पक्षबाट सम्झौतामा समावेश नभएका नयाँ–नयाँ माग आउन थालेपछि पार्टी नेतृत्व पछि हट्न बाध्य भएको हो । उनका अनुसार पद, मर्यादाक्रम र शक्ति बाँडफाँडका विषयमा दिनहुँ नयाँ प्रस्ताव आउन थालेपछि सहमतिमा रहन कठिन भएको थियो ।

“एकताको कुरा अगाडि बढेपछि हरेक दिन नयाँ माग आउन थाले,” खनालले भने, “पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्तावसमेत आयो, जुन प्रारम्भिक सहमतिमा कतै उल्लेख थिएन । त्यसैले एकता अगाडि नबढाउने निर्णय गरियो ।”

रास्वपाका अनुसार महासचिवसहित थप पदाधिकारी, केन्द्रीय समितिमा उल्लेख्य उपस्थिति र समानुपातिक सिटको सुनिश्चितताजस्ता विषयमा अत्यधिक बार्गेनिङ हुन थालेपछि पार्टी नेतृत्वले एकताको सम्भावना समाप्त भएको ठहर गरेको हो ।

शनिबार भएको भर्चुअल सचिवालय बैठकमा रास्वपा सभापति रवि लामिछानेले एकता प्रक्रिया किन टुंगिएको हो भन्नेबारे सदस्यहरूलाई ब्रिफिङ गरेका थिए । उनले पद केन्द्रित छलफलले साझा राजनीतिक उद्देश्य ओझेलमा परेको उल्लेख गरेको बताइन्छ ।

रास्वपाका एक नेताका अनुसार बालेन शाहसँग सहकार्यको वातावरण अपेक्षाकृत सहज देखिए पनि कुलमान घिसिङसँग भने पदीय व्यवस्थापन र नेतृत्वको हैसियतको विषयमा सहमति बन्न सकेन । ती नेताका अनुसार तीन प्रमुख व्यक्तिबीच कार्यविभाजनको स्पष्ट प्रस्तावसमेत गरिएको थियो ।

प्रस्तावअनुसार रवि लामिछाने पार्टी नेतृत्वमा रहने, बालेन शाहले सरकारको नेतृत्व गर्ने र कुलमान घिसिङले आफ्नो विज्ञता अनुसार भौतिक पूर्वाधार तथा विकास निर्माणको जिम्मेवारी सम्हाल्ने खाका अघि सारिएको थियो । तर, उक्त प्रस्तावमा घिसिङ सन्तुष्ट नदेखिएको र पदीय हैसियत तथा गुटगत व्यवस्थापनमै जोड दिइएपछि एकता प्रक्रिया टुंगिएको रास्वपाको दाबी छ ।

एकता प्रयास असफल भएसँगै वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना र नेतृत्वबीचको प्राथमिकतामाथि पुनः प्रश्न उठेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending