काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेपछि उत्पन्न परिस्थितिप्रति संकेत गर्दै प्रचण्डले रुकुमका जनताले “कुनै भगौडाको पछि नलाग्ने” प्रमाणित गरिदिएको बताए ।
रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले केही नेताहरू विचलित भएर पार्टी छाड्दा आफूलाई क्षणिक रूपमा जनमत खस्किने हो कि भन्ने चिन्ता लागेको स्वीकार गरे । तर सभामा देखिएको जनउपस्थितिले त्यो आशंका गलत सावित भएको उनको भनाइ थियो ।
‘यहाँका केही नेताहरू विचलित भएर पार्टी छाडेर गए,’ प्रचण्डले भने, ‘कम्युनिस्ट र मार्क्सवाद छाड्ने दिशातिर उनीहरू धकेलिएका छन् । यसको पछाडि सानो होइन, निकै ठूलो षड्यन्त्र छ ।’
उनले पार्टी छाड्ने नेताहरूलाई योजनाबद्ध रूपमा विचलित बनाइएको दाबी गर्दै त्यसको असर जनतामा नपरेको स्पष्ट पारे ।
‘पहिला जस्तो सभामा मान्छे नआउने हो कि भन्ने मलाई अलि–अलि लागेको थियो,’ उनले भने, ‘तर आजको यो उपस्थितिले देखाइदियो—रुकुमका जनता महान छन्, कुनै भगौडाको पछि लाग्दैनन् ।’
प्रचण्डले जनार्दन शर्मालाई संकेत गर्दै व्यङ्ग्यात्मक शैलीमा भने, ‘पहिला प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो भन्ने सुनिन्थ्यो । अब प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भन्ने कुरा उठाइयो । म झन् बढी आउँछु अब रुकुम ।’
उनले कुनै एक नेताको अभावमा पार्टी कमजोर हुन्छ भन्ने चिन्ता निराधार भएको पनि बताए । पार्टीको शक्ति व्यक्ति होइन, जनता र कार्यकर्तामा निहित रहेको उनको भनाइ थियो ।
मध्यपहाडी लोकमार्ग अभियानका क्रममा चौरजहारीमा दिएको अभिव्यक्ति स्मरण गर्दै प्रचण्डले रुकुमका जनतालाई पुनः सम्मान प्रकट गरे ।
‘रुकुममा पहिले जसलाई नेता मानिन्थ्यो, उनीहरू पलायन भए,’ उनले भने, ‘तर रुकुमका जनता पलायन भएनन् । यहाँका नेता–कार्यकर्ता विचलित हुनेको पछि कहिल्यै लागेनन् । यही नै रुकुमको राजनीतिक विशेषता हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: