काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मलको संकट, स्वास्थ्य सेवा, किसानका समस्या, विपन्न नागरिकको दाहसंस्कार र बोनम्यारो उपचारसम्मका विषय उठाउँदै उनीहरूले सरकार नागरिकको पीडामा अनुपस्थित रहेको टिप्पणी गरेका हुन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद इन्दिरा राना ले बजारमा खाना पकाउने ग्यासको अभावले सर्वसाधारण सास्तीमा परेको भन्दै तत्काल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
रास्वपाकै सांसद रमेश प्रसाईं ले भने सरकारमाथि सबैभन्दा कडा प्रहार गरे। चुनावताका गरिएको ‘नो लाइन, ओन्ली अनलाइन’ को वाचा स्मरण गर्दै उनले अहिले नागरिक ग्यासका लागि दिनरात लाइन बस्न बाध्य भएको भन्दै सरकारलाई कटाक्ष गरे।
‘दुई तिहाइको सरकार बने पनि जनताले परिवर्तन अनुभूति गर्न सकेका छैनन्। जनताले नयाँ अनुहार होइन, नयाँ राजनीतिक संस्कार खोजेका हुन्,’ उनले भने।
प्रसाईंले प्रधानमन्त्री र मन्त्री निवासमा पनि ग्यास अभाव छ कि छैन भन्ने प्रश्न गर्दै कृत्रिम अभाव र कालोबजारी रोक्न सरकार किन असफल भएको भन्दै जवाफ मागे।
सांसद कमल सुवेदी ले दाङमा ग्यास अभाव चर्किएको उल्लेख गर्दै उद्योगमन्त्रीसमक्ष तत्काल अनुगमन र नियमित आपूर्ति सुनिश्चित गर्न माग गरिन्। सांसद पारशमणि गेलाल ले पनि ग्यास र रासायनिक मलको वास्तविक अवस्था स्पष्ट पार्न सरकारलाई आग्रह गरे। पर्याप्त मल नभए स्पष्ट रूपमा स्वीकार गर्न र भए किसानसम्म किन नपुगेको भन्ने जवाफ दिनुपर्ने उनको भनाइ थियो।
रास्वपाकी सांसद टीका संग्रौला ले विपन्न नागरिकको दाहसंस्कार राज्यको जिम्मेवारी हुनुपर्ने माग उठाइन्। जीवनभर कर तिर्ने नागरिकले मृत्यु भएपछि पनि सम्मानजनक अन्तिम संस्कारका लागि संघर्ष गर्नुपर्ने अवस्था दुःखद भएको उनको भनाइ थियो। कम्तीमा विपन्न नागरिकका लागि दाउरा, चिता र आवश्यक आधारभूत सुविधा निःशुल्क उपलब्ध गराउन उनले सरकारसँग माग गरिन्।
सांसद सुशील खड्का ले बाँदर आतंकका कारण किसानले खेती नै छाड्न थालेको उल्लेख गर्दै वन्यजन्तु नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन आग्रह गरे। सांसद बदनकुमार भण्डारी ले काभ्रेपलाञ्चोकमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजीलाई उच्च प्राथमिकता दिन र बोनम्यारो क्यान्सर उपचारको पहुँच विस्तार गर्न सरकारसँग माग गरे।
यस्तै, सांसद गजाला शमीम मिकरानी ले माइतीघरमा हुने प्रदर्शनलाई व्यवस्थित गर्न वैकल्पिक नागरिक अभिव्यक्ति स्थल निर्माण गर्न सुझाव दिइन्।
रास्वपाका सांसद मनीष झाले भने सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरे। नेतृत्वले आफूलाई के थाहा छैन भन्ने स्वीकार गरेर सिक्ने संस्कार विकास गर्नुपर्ने बताउँदै उनले राज्य सञ्चालनमा सोच र कार्यशैली दुवै परिवर्तन आवश्यक रहेको धारणा राखे।
सत्तारूढ दलकै सांसदहरूले संसद्मा सरकारसँग सार्वजनिक रूपमा जवाफ माग्दै नागरिकका आधारभूत समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने चेतावनी दिएका छन्। ग्यास, मल, स्वास्थ्य सेवा, किसानका समस्या र सार्वजनिक सेवाको प्रभावकारितालाई लिएर आफ्नै दलका सांसदबाट उठेको प्रश्नले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: