काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूका लागि आठबुँदे निर्देशन जारी गरेको छ।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम साउन २१ गते गरेको निर्णयअनुसार सेवा प्रदायकहरूलाई सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा उल्लेखनीय सुधार गर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार सेवा प्रदायकहरूले तोकिएका गुणस्तर मापदण्ड पूरा भए–नभएको विवरणसहित नियमित प्रतिवेदन प्राधिकरणमा पेस गर्नुपर्नेछ। साथै, ग्राहकका गुनासा २४सै घण्टा सम्बोधन गर्न कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधिको प्रयोग गर्न पनि भनिएको छ।
प्राधिकरणले गुणस्तरीय सेवा नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर नेटवर्क विस्तार गर्न तथा सेवा पुगेका स्थानको विवरण प्रत्येक तीन महिनामा नेपालको नक्सामा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै, देशभर फोरजी सेवाको गुणस्तर सुधार गर्दै प्रमुख सहरहरूबाट फाइभजी सेवा विस्तारका लागि चरणबद्ध कार्ययोजना पेस गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ।
फ्रिक्वेन्सी तथा दूरसञ्चार पूर्वाधारको अधिकतम उपयोग गरी दोहोरो लगानी घटाउन, साइबर सुरक्षा सुदृढ बनाउन नियमित सुरक्षा परीक्षण (सिक्युरिटी अडिट) सञ्चालन गर्न र विपद् व्यवस्थापन योजना तयार राख्न पनि प्राधिकरणले आग्रह गरेको छ।
यस्तै, बजारमैत्री र पारदर्शी शुल्क प्रणाली लागू गर्न लागत विश्लेषणका आधारमा नयाँ सेवा शुल्क प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: