जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई निरन्तरता दिँदै मन्त्रालयको संख्या घटाउने र मन्त्रीहरू हेरफेर गर्ने तयारी गरेका छन्।
हाल १२ मन्त्रालय रहेको मधेस सरकारलाई घटाएर ९ मन्त्रालयमा सीमित गर्ने विषयमा गठबन्धनबीच सहमति जुटेको स्रोतले जनाएको छ। मन्त्रालय पुनर्संरचनाअन्तर्गत वन तथा पर्यटनलाई एउटै मन्त्रालय बनाउने, वाणिज्यलाई गृह मन्त्रालयमा गाभ्ने र शिक्षालाई सामाजिक विकास मन्त्रालयअन्तर्गत राख्ने गृहकार्य भइरहेको छ।
नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारकान्त झाले आगामी वर्ष स्थानीय तह र प्रदेशसभा निर्वाचन हुने भएकाले सरकार परिवर्तनको आवश्यकता नरहेको बताए। उनका अनुसार अहिलेको सत्ता गठबन्धनलाई नै निरन्तरता दिने समझदारी बनेको छ।
यता, नेकपाका प्रदेशसभा सदस्य रत्नेश्वर गोइत यादवले साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने जानकारी दिए। उनले एक वर्ष पूरा गरेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भइरहेको बताए।
मन्त्रालय संख्या घटेपछि कांग्रेस र एमालेले तीन–तीन मन्त्रालय तथा नेकपाले दुई मन्त्रालय पाउने गरी नयाँ शक्ति बाँडफाँटको प्रारम्भिक सहमति बनेको बताइएको छ।
यससँगै मधेस प्रदेश सरकारले विकास निर्माणका योजनामा पनि नयाँ नीति अपनाउने भएको छ। चालु आर्थिक वर्षदेखि सबै विकास योजना खुला प्रतिस्पर्धामार्फत ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने तयारी गरिएको छ। विगतमा उपभोक्ता समितिमार्फत हुने काममा विवाद, अनियमितता र गुणस्तरहीन निर्माणको गुनासो बढेपछि यो व्यवस्था हटाउने निर्णय गरिएको हो।
सरकारले भदौ महिनादेखि विकास आयोजनाको टेन्डर प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...
श्रावण २३ गते, २०८३ - ०८:४३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...
श्रावण २३ गते, २०८३ - ०८:३७
काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...
श्रावण २३ गते, २०८३ - ०८:२८
काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...
श्रावण २३ गते, २०८३ - ०८:२४
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...
श्रावण २३ गते, २०८३ - ०८:१३
काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...
श्रावण २३ गते, २०८३ - ०८:०२
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...
श्रावण २३ गते, २०८३ - ०७:५७
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...



प्रतिकृया लेख्नुहोस्: