काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारबीचको सार्वजनिक आरोप–प्रत्यारोपले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। नेपाली समुदायको कार्यक्रममा सुरु भएको कटाक्ष सामाजिक सञ्जालसम्म फैलिँदा दुवै सांसदको अभिव्यक्तिमाथि प्रश्न उठेको हो।
टोकियोमा आयोजित नेपाली समुदायको कार्यक्रममा सहभागी भएका दुवै सांसदले मन्तव्यकै क्रममा एकअर्कालाई लक्षित गर्दै टिप्पणी गरेका थिए। त्यसपछि ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत आफ्ना आलोचक र रास्वपा समर्थकलाई लक्षित गर्दै कडा र विवादास्पद अभिव्यक्ति दिए। उनले आफूविरुद्ध भ्रम फैलाइएको दाबी गर्दै विभिन्न आरोप लगाए भने प्रत्यक्ष सामना गर्न चुनौतीसमेत दिए।
लाइभमा प्रयोग गरिएका केही शब्द र शैली सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बने। धेरैले सार्वजनिक पदमा रहेका व्यक्तिले प्रयोग गर्न नहुने भाषा प्रयोग गरेको भन्दै उनको आलोचना गरेका छन्। विवाद बढेपछि शाहीले व्यंग्यात्मक शैलीमा अर्को सामाजिक सञ्जाल पोस्ट गर्दै आफूले बोलेका कुरा ‘रक्सी खाएको’ भनेर गरिएको टिप्पणीको जवाफ दिने प्रयास गरेका थिए।
यता रास्वपाका सांसद खगेन्द्र सुनार पनि विवादबाट टाढा रहेनन्। उनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्र शाहीलाई कटाक्ष गर्दै व्यंग्यात्मक टिप्पणी गरे। उनको अभिव्यक्तिलाई पनि राजनीतिक मर्यादाभन्दा बाहिर गएको भन्दै आलोचना भइरहेको छ।
यसैबीच जापानस्थित रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। विभागले सार्वजनिक पदमा रहेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र सार्वजनिक मर्यादाअनुकूल नभएको उल्लेख गर्दै आत्मसमीक्षा र सार्वजनिक क्षमायाचनाको माग गरेको छ। उचित सम्बोधन नभए कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्ने चेतावनीसमेत दिइएको छ।
राजनीतिक विश्लेषक तथा पूर्वसचिव सोमबहादुर थापाले सांसदको बोली र व्यवहारले संसद् र लोकतन्त्रको प्रतिष्ठा झल्काउने भएकाले सार्वजनिक अभिव्यक्तिमा उच्च संयम आवश्यक पर्ने बताएका छन्। उनका अनुसार राजनीतिक दलहरूले आफ्ना जनप्रतिनिधिका लागि स्पष्ट आचारसंहिता बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।
थापाका अनुसार विदेश भ्रमणमा रहेका सांसदले व्यक्तिगत विचारभन्दा पनि राष्ट्रको छवि प्रतिनिधित्व गर्ने भएकाले उनीहरूको बोली, व्यवहार र प्रस्तुति अझ जिम्मेवार हुनुपर्छ। संसद् र सार्वजनिक जीवनको गरिमालाई कायम राख्न राजनीतिक दल, सभामुख र सम्बन्धित निकाय सबैले जनप्रतिनिधिको आचरणप्रति गम्भीर हुनुपर्ने उनको सुझाव छ।
जापानमा भएको यो घटनाले फेरि एकपटक जनप्रतिनिधिको अभिव्यक्ति, राजनीतिक संस्कार र सार्वजनिक जिम्मेवारीबारे बहसलाई सतहमा ल्याएको छ। विपक्षीमाथि आलोचना गर्नु लोकतान्त्रिक अधिकार भए पनि त्यसका लागि मर्यादित भाषा र जिम्मेवार शैली अपनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: