विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिधै रेलमार्फत तेस्रो मुलुकबाट आयातित सामान ल्याउने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
खानेतेल उद्योगका लागि आवश्यक कच्चा पदार्थ बोकेका ४० कन्टेनरसहितको रेल साउन १ गते कोलकाताबाट प्रस्थान गरेको थियो। रेल आइतबार विराटनगर पुगेपछि विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, उद्योगी–व्यवसायी तथा सर्वसाधारणले स्वागत गरेका थिए।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत अब तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतको जोगबनीस्थित भन्सार यार्ड हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाली भन्सार यार्डसम्म रेलमार्फत ल्याउन सकिने भएको छ।
विराटनगर भन्सार कार्यालयका प्रमुख श्रेष्ठका अनुसार कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा उक्त रेललाई कोलकाताबाट बिदाइ गरेका थिए।
यो सेवा पूर्ण क्षमतामा सञ्चालन भएपछि एकैपटक ४० फिटका ४५ वटा कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिने जनाइएको छ।
उद्योगी–व्यवसायीका अनुसार सडकमार्गको तुलनामा रेलमार्फत ढुवानी सुरक्षित, भरपर्दो र कम खर्चिलो हुने अपेक्षा गरिएको छ। साथै, करिब २४ घण्टामै कोलकाताबाट विराटनगरसम्म सामान आइपुग्ने भएकाले ढुवानी प्रक्रिया छिटो र सहज हुनेछ।
यसअघि वीरगञ्जमा मात्रै उपलब्ध रहेको रेल कार्गो सुविधा अब विराटनगरमा पनि विस्तार भएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायी उत्साहित भएका छन्। विराटनगरमा यसअघि २०८० जेठ १८ गते परीक्षणका रूपमा कार्गो रेल आएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: