काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले खुला प्रतिस्पर्धा नै नगरी प्राडा जनार्दन लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेपछि वैज्ञानिकहरूले पारदर्शिता, मेरिटोक्रेसी र संस्थागत स्वायत्ततामाथि प्रश्न गरेका हुन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले उपकुलपतिका लागि आवेदन आह्वान नगरी नै लामिछानेलाई नियुक्त गरेको हो। अन्य विश्वविद्यालयमा भने सार्वजनिक रूपमा दरखास्त मागेर छनोट प्रक्रिया अघि बढाइएकाले नास्टमा फरक मापदण्ड अपनाइएको भन्दै असन्तुष्टि बढेको छ।
वैज्ञानिकहरूको भनाइमा यस प्रक्रियाले अन्तर्राष्ट्रिय अनुभव भएका, अनुसन्धानमा सक्रिय तथा योग्य वैज्ञानिकहरूलाई प्रतिस्पर्धाको अवसरबाटै वञ्चित गरेको छ। खुला प्रतिस्पर्धा नहुँदा उत्कृष्ट नेतृत्व छनोट हुने सम्भावना कमजोर बनेको उनीहरूको तर्क छ।
नाम नखुलाउने सर्तमा एक वैज्ञानिकले सरकारको कदमलाई दोहोरो मापदण्डको संज्ञा दिँदै भने, “कुनै संस्थामा खुला प्रतिस्पर्धा गराउने, कुनैमा नगर्ने प्रवृत्तिले युवा वैज्ञानिकको मनोबल घटाउँछ। योग्य व्यक्तिलाई अवसर नै नदिने प्रणालीले अनुसन्धानको भविष्य कमजोर बनाउँछ।”
नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको सिफारिसमा असार ३२ गते लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका थिए।
वैज्ञानिक समुदायले भने अनुसन्धान र नवप्रवर्तनको नेतृत्व गर्ने संस्थामा पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार राजनीतिक वा प्रशासनिक प्रभावका आधारमा हुने नियुक्तिले संस्थाको विश्वसनीयता मात्र होइन, वैज्ञानिक अनुसन्धानको वातावरणसमेत प्रभावित हुन सक्छ।
कतिपय वैज्ञानिकले आफू उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न इच्छुक भए पनि सरकारले आवेदन नै नखुलाएकाले अवसरबाट वञ्चित भएको गुनासो गरेका छन्। एक वैज्ञानिकले भने, “गुगल स्कलर, अनुसन्धान र प्रकाशनका आधारमा मूल्याङ्कन हुने प्रणाली अपनाउन सकिन्थ्यो। तर विज्ञापन नै नखुलाइएपछि मेरिटोक्रेसीको नारा व्यवहारमा देखिएन।”
काठमाडौं विश्वविद्यालयका प्राध्यापक विभूतिरञ्जन झाले नास्टलाई प्रभावकारी बनाउन संस्थागत सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार ऐन–नियम परिमार्जन गर्दै योग्यताको आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास गर्नुपर्छ।
नवनियुक्त उपकुलपति प्राडा जनार्दन लामिछाने बायोटेक्नोलोजीविद् हुन्। उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ साइन्समा प्राध्यापन गर्दै आएका थिए भने नास्टको व्यवस्थापन परिषद्का सदस्यका रूपमा पनि काम गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: