दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपालमा अत्यन्तै कम देखिने यो प्रजातिको गुँड भेटिएपछि संरक्षणकर्मी तथा अनुसन्धानकर्ताहरूले यसलाई जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
स्थानीयवासीको सूचनाका आधारमा फोटो पत्रकार तथा सर्प उद्धारकर्ता कुलदीप न्यौपानेले गुँड फेला पारेका हुन्। अहिले उनी उक्त क्षेत्रको नियमित निगरानी गर्दै गुँड तथा सर्पको संरक्षणमा जुटिरहेका छन्।
राज गोमन साधारण गोमनभन्दा फरक प्रजातिको सर्प हो। यसको वैज्ञानिक नाम ओफियाफगस हान्नाह (Ophiophagus hannah) हो, जसको अर्थ ‘सर्प खाने सर्प’ हुन्छ। यसले मुख्य रूपमा अन्य सर्पलाई नै आहार बनाउने भएकाले यसलाई सर्पहरूको राजा पनि भन्ने गरिन्छ। यसको लम्बाइ पाँच मिटरभन्दा बढी पुग्न सक्ने भएकाले यो विश्वकै सबैभन्दा लामो विषालु सर्पका रूपमा परिचित छ।
यस प्रजातिको सबैभन्दा रोचक विशेषता भनेको चराले जस्तै आफ्नै गुँड निर्माण गर्ने संसारकै एक मात्र सर्प हुनु हो। सुकेका पात, स्याउला र वनस्पति जम्मा गरेर पोथी राज गोमनले जमिनमै कलात्मक रूपमा गुँड बनाउँछ र अण्डा पारेपछि बच्चा निस्किएसम्म त्यसको सुरक्षा गर्छ।
विगत एक दशकदेखि सर्पको अध्ययन गरिरहेका ‘हामी संरक्षणका लागि काम गर्छौं, नेपाल’का अध्यक्ष वसन्त सुवेदीका अनुसार संसारका अन्य कुनै पनि सर्पले यस्तो व्यवहार देखाउँदैनन्। उनका अनुसार पोथी राज गोमनले बनाएको गुँड यति मजबुत हुन्छ कि वर्षाको पानीसमेत सहजै भित्र पस्न सक्दैन।
सुवेदीका अनुसार राज गोमनले एक पटकमा औसत ३० वटा अण्डा पार्ने गर्छ। तीमध्ये करिब २५ वटाबाट बच्चा निस्कने भए पनि सबै हुर्किन सक्दैनन्। प्राकृतिक चुनौतीका कारण प्रजनन उमेरसम्म करिब १० प्रतिशत मात्र बाँच्ने विभिन्न अध्ययनले देखाएका छन्।
सामान्यतया सर्पका अण्डाबाट ६० देखि ९० दिनभित्र बच्चा निस्कन्छन्। तर बच्चा निस्कन एक–दुई दिनअघि नै पोथी सर्प गुँड छाडेर हिँड्ने अनौठो व्यवहार पनि यस प्रजातिमा पाइन्छ। लामो समयसम्म उपवास बसेपछि अत्यधिक भोक लाग्ने भएकाले आफ्नै बच्चालाई क्षति नहोस् भन्ने प्राकृतिक प्रवृत्तिका कारण पोथी गुँडबाट टाढिने अनुसन्धानकर्ताहरूको भनाइ छ।
राज गोमनका बच्चा जन्मेदेखि नै विषालु हुन्छन् र तत्काल शिकार गर्न सक्षम मानिन्छन्। मानिसलाई यसले डसेका घटना कम भए पनि विष अत्यन्तै शक्तिशाली हुने भएकाले समयमै उपचार नपाए ज्यान जान सक्ने जोखिम उच्च रहने विज्ञहरू बताउँछन्।
सामान्यतया घना जंगलमा बस्न रुचाउने राज गोमन मानव बस्तीमा कमै देखिन्छ। तर अन्य सर्पको खोजीमा कहिलेकाहीँ बस्ती नजिक आइपुग्न सक्छ। यसको स्वभाव आक्रामकभन्दा पनि लजालु हुने र आफूलाई खतरा महसुस गरेपछि मात्र आक्रमण गर्ने बताइन्छ।
प्रकृति संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आईयूसीएनले राज गोमनलाई संवेदनशील प्रजातिको सूचीमा राखेको छ। नेपालमा तराईदेखि केही पहाडी जिल्लासम्म यसको सीमित उपस्थिती रहेको अध्ययनहरूले देखाएका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार राज गोमनको उपस्थितिले वनको पारिस्थितिक प्रणाली सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्छ। अन्य सर्पहरूको संख्या नियन्त्रण गर्ने यो प्रजातिको संरक्षण जैविक विविधताको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको उनीहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - २२:१२
हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...
श्रावण ४ गते, २०८३ - २१:५७
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...
श्रावण ४ गते, २०८३ - २१:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...
श्रावण ४ गते, २०८३ - २१:३०
काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...
श्रावण ४ गते, २०८३ - २१:२५
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...
श्रावण ४ गते, २०८३ - २१:२२
काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...
श्रावण ४ गते, २०८३ - २०:५७
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...
श्रावण ४ गते, २०८३ - २०:५३
विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...



प्रतिकृया लेख्नुहोस्: