Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

बाढीबाट जोगाउन हटाइएका सुकुम्बासी फेरि बाढीमै, थातथलोमै फर्काउने सरकारको योजना

खबरडबली संवाददाता

काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई विस्थापित गर्‍यो। सुरक्षित स्थानमा व्यवस्थापन गर्ने आश्वासनसहित होल्डिङ सेन्टरमा सारिएका ती परिवार अहिले फेरि असुरक्षा र अनिश्चिततामै बाँचिरहेका छन्। अब सरकारले उनीहरूलाई काठमाडौंमै पुनःस्थापना गर्नेभन्दा पनि मूल थातथलोमै फर्काउने रणनीति अघि सारेको छ।

गत वैशाखमा सरकारले थापाथली, गैरीगाउँ, मनोहरा, बल्खुलगायत नदी किनारका बस्ती हटाएको थियो। सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत हजारौं घरटहरा भत्काइएपछि धेरै परिवार अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिए। तर विडम्बना, सुरक्षित भनिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै असारको वर्षापछि बाढीमा डुब्यो। रातारात उद्धार गरिएका परिवारलाई फेरि अर्को स्थानमा सार्नुपर्‍यो।

सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकाका २७ वटा बस्तीमा करिब ३ हजार ५०० घर हटाइएका थिए, जहाँ ५ हजार ७०६ परिवार बसोबास गर्थे। तीमध्ये सबैलाई सरकारले होल्डिङ सेन्टरमा राख्न सकेन। बनेपा, खरिपाटी, इचंगु, बोडे, नगरकोट, कीर्तिपुर र सूर्यदर्शन होटललगायत स्थानमा जम्मा ३८८ परिवार मात्रै राखिएको थियो। धेरै परिवार आफैं डेरा खोज्न वा आफन्तकहाँ बस्न बाध्य भए।

होल्डिङ सेन्टरमा समेत आधारभूत सुविधा अभाव भएपछि सरकारले पछि पुनःस्थापना खर्च र घरभाडा उपलब्ध गराएर त्यहाँबाट पनि हटाउने प्रक्रिया सुरु गर्‍यो। हाल विभिन्न होल्डिङ सेन्टरमा ११० परिवार मात्रै बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।

अब सरकारले सुकुम्बासी व्यवस्थापनको नयाँ मोडेलका रूपमा उनीहरूलाई सम्बन्धित स्थानीय तहमा फर्काउने नीति अघि बढाएको छ। भूमि समस्या समाधान आयोगले संकलित विवरणका आधारमा हालसम्म २३ परिवारलाई उनीहरूको मूल पालिकामा पठाइसकेको छ। सम्बन्धित स्थानीय तहले उपयुक्त जग्गा पहिचान गरी व्यवस्थापन गर्ने सरकारी योजना छ।

तर यो योजनामाथि विज्ञ र अधिकारकर्मीले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूका अनुसार अधिकांश परिवार गाउँमा जीविकोपार्जनको आधार नहुँदा रोजगारीको खोजीमा काठमाडौं आएका हुन्। त्यसैले नागरिकता भएको जिल्लामै फर्काउनु मात्रै समाधान नहुने उनीहरूको तर्क छ। जोखिमरहित क्षेत्रमै बसोबासको व्यवस्था गर्दै रोजगारी, शिक्षा र आधारभूत सेवासँग जोडेर दीर्घकालीन पुनःस्थापनाको योजना आवश्यक रहेको उनीहरूको भनाइ छ।

भूमि अधिकारकर्मीहरूले भारतको उडिसा राज्यमा झुपडपट्टी व्यवस्थापनका लागि अपनाइएको मोडेल नेपालका लागि पनि उदाहरण हुन सक्ने बताएका छन्। त्यहाँ बस्ती हटाउनेभन्दा पनि खानेपानी, सडक, विद्युत्, जग्गाको अधिकार र आवास सुधारलाई सँगै अघि बढाइएको थियो। नेपालमा पनि सुकुम्बासी व्यवस्थापनलाई केवल स्थानान्तरणको विषय नभई सामाजिक, आर्थिक र मानवीय अधिकारसँग जोडेर समाधान गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा बढ्दै सम्बन्धविच्छेदका मुद्दा, बालविवाह र सामाजिक सञ्जाल मुख्य कारण

हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...

संघर्षका ती साहसी महिला, आज जीवनकै कठिन मोडमा

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...

७ वर्षको सम्बन्ध, करोडौँ रुपैयाँ र बाउन्स चेक : प्रेमदेखि प्रहरीसम्म पुगेको विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...

मन्त्रालय घटेपछि नयाँ कर्मचारी भर्नामा कडाइ, फाजिल व्यवस्थापनअघि लोकसेवामा माग नपठाइने

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...

बाजुरामा जिप दुर्घटना : उपचारकै क्रममा दुई जनाको मृत्यु, सात घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...

जापानमा सांसदको जुहारी : मर्यादाभन्दा माथि पुग्यो राजनीतिक कटाक्ष

काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...

नास्टमा ‘खुला प्रतिस्पर्धा’ बेवास्ता ? उपकुलपति नियुक्तिमाथि वैज्ञानिकहरूको प्रश्न

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...

विराटनगरसम्म कार्गो रेल सेवा सुरु, कोलकाताबाट पहिलो रेल आइपुग्यो

विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...

विश्वकपमा चम्किएका स्टार : कसले जिते कुन अवार्ड ?

काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...

मृत्युका खाल्डा : मधेशमा बर्सेनि सयौँ बालबालिका किन गुमाइरहेका छन् ज्यान ?

जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending