काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व बोकेको साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। राजधानीस्थित पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि जल चढाउन, पूजा–आराधना गर्न र दर्शनका लागि श्रद्धालुको लाम लागेको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउनभर विशेषगरी सोमबारका दिन व्रत बस्ने, जलाभिषेक गर्ने, रुद्राभिषेक, जप, तप तथा दान–पुण्य गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक शिवको आराधना गरे मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ।
पुराणअनुसार समुद्रमन्थनका क्रममा निस्किएको कालकूट विष भगवान् शिवले ग्रहण गरी सृष्टिको रक्षा गरेका थिए। विषको ताप कम गर्न देवताले शिवलाई निरन्तर जल अर्पण गरेको स्मरणस्वरूप साउन महिनाभर शिवलिङ्गमा जल चढाउने परम्परा चलेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
सोमबार भगवान् शिवको दिनका रूपमा मानिन्छ। शिवले चन्द्रमालाई जटामा धारण गरेका कारण उनलाई ‘चन्द्रशेखर’ पनि भनिन्छ। चन्द्रमा शीतलता र मानसिक शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मनमा सकारात्मक ऊर्जा, आत्मिक शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
साउनको पहिलो सोमबारका अवसरमा पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने भक्तजनको सहज दर्शनका लागि सम्बन्धित निकायले विशेष व्यवस्थापन गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - २२:१२
हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...
श्रावण ४ गते, २०८३ - २१:५७
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...
श्रावण ४ गते, २०८३ - २१:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...
श्रावण ४ गते, २०८३ - २१:३०
काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...
श्रावण ४ गते, २०८३ - २१:२५
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...
श्रावण ४ गते, २०८३ - २१:२२
काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...
श्रावण ४ गते, २०८३ - २०:५७
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...
श्रावण ४ गते, २०८३ - २०:५३
विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...



प्रतिकृया लेख्नुहोस्: