Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण गणेश नेपालीको मृत्यु भयो, यसको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद पार्वती विकले सरकारको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको बताइन्।

उनले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको विषयमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको र त्यसबाट सिर्जित मानसिक तनावका कारण उनले आत्मदाहको बाटो रोजेको उल्लेख गरिन्।

“१० हजार जरिवानाले उनलाई कति तनाव दियो होलारु यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,” सांसद विकले भनिन्। उनले ट्राफिक जरिवाना निर्धारण गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ध्यान दिनुपर्ने बताइन्।

आफ्नो सम्बोधनका क्रममा सांसद विकले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन्। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई उनले गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरिन्।

उनले सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश तथा दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले अनुमति बिना उडान भरेको विषयमा सरकारले कूटनीतिक नोट पठाएको वा नपठाएकोबारे पनि प्रश्न उठाइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

राष्ट्रिय सभा सदस्य विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी

काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्र हैन: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...

चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण गणेश नेपालीको मृत्यु भयो, यसको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले

काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...

काग्रेसको प्रश्न: गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको मौनता किन ?

राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो

गणेश नेपालीको शव बुझ्न परिवारको अस्वीकार, श्रीमती र छोरीको जिम्मेवारी लिन सरकारसँग माग

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्। गणेशका भतिज मन ने...

काठमाडौंको माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु

काठमाडौँ।  गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending