विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान गायब भएको हो। नविन ढुवानी सेवा प्रालिको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए।
ट्याङ्कर हराए लगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो। प्रहरीको सीसीटीभी फुटेज जाँच गर्दा ट्याङ्कर असार ८ गते बिहान ३:०३ बजे पार्किङस्थलबाट बाहिरिएर नोबेल हस्पिटलनर्फ मोडिएको देखिएको थियो। त्यसलगत्तै निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा विराटनगर डिपोबाट करिब १७ किलोमिटरको दुरीमा रहेको सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे र ताला काटिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी ट्याङ्करलाई नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्याङ्करलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखिएको थियो।
आज असार १० गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरोकारवालाको रोहबरमा ट्याङ्करको सिल खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ। जाँचका क्रममा पेट्रोलको गुणस्तर ठीक पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।
निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको कानुनी व्यवस्थाबमोजिम चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमका कोशी प्रादेशिक कार्यालय प्रमुख पुस्कर कार्कीले जानकारी दिए।
यस घटनाका सम्बन्धमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक र आधारहीन समाचारप्रति आयल निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विषयवस्तुको यथार्थ जानकारी नलिई प्रकाशित तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै निगमले सरकारी निकायबाट घटनाको विस्तृत अनुसन्धान भइरहेकाले भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: