काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १५ दिनको समय दिएको छ।
अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा। जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरिएको हो।
उनले विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमअनुसार सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताए।
डा। काफ्ले नेतृत्वको समितिलाई अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापक तथा कर्मचारीको खोजबिन गरी रकम फिर्ता गराउने जिम्मेवारीसहित असार महिनासम्मको समय दिइएको छ। तोकिएको १५ दिनभित्र पनि सम्बन्धित व्यक्ति सम्पर्कमा नआएमा समितिले रकम असुलीको अवस्था र नफर्किएका व्यक्तिको विवरणसहित प्रतिवेदन विश्वविद्यालय नेतृत्वलाई बुझाउने जनाएको छ।
अध्ययन बिदा लिएर सेवामा नफर्किने शिक्षक तथा कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारले समेत सक्रियता देखाएपछि विश्वविद्यालयले रकम फिर्ता गर्न र सम्पर्कमा आउन अन्तिम समयसीमा तोकेको हो।
डा। काफ्लेका अनुसार सरकारबाट कामलाई प्रभावकारी बनाउन निर्देशन प्राप्त भएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विषयलाई गम्भीर रूपमा लिएको छ।
नफर्किएका प्राध्यापक तथा कर्मचारीको खोजबिन र रकम असुली प्रक्रियामा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले आवश्यक सहयोग र सहजीकरण गरिरहेको समितिको भनाइ छ। समितिले विश्वविद्यालयको निर्णयअनुसार गठन भएर काम गरिरहेको र पदाधिकारीहरूको पूर्ण सहयोगका कारण कार्यसम्पादन सहज भएको जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: