Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ ।

यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन्।

केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएको छन् ।

बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ ।

यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएको छन्।

कोशीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको आयोगका प्रमुख केसीले जानकारी दिए। आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुन गइरहेको छ ।

यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवशेनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ ।

आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...

सफाइ पाएर पुन: गृहमन्त्री बने दुई महिनामै परिणाम देखाउँछु - सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ आफ्नो सम्पत्तिसम्बन्धी छानबिनबाट सफाइ पाएपछि पुन: जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छ...

धनगढी उपमहानगरले गर्‍यो नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत...

रास्वपा दाङको सभापतिमा खनाल विजयी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी भएको छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending