काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले भवन निर्माणको तयारीबारे विस्तृत छलफल गरेको जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार निर्माणस्थलको साइट क्लियरेन्स, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, ठेकेदार छनोट तथा आवश्यक स्रोत व्यवस्थापनका विषयमा बैठकमा ठोस छलफल भएको छ।
उनका अनुसार निर्माण कार्य सम्पन्न नहुँदासम्म पार्टीको केन्द्रीय कार्यालयलाई निर्माणस्थल नजिकैको उपयुक्त स्थानमा सारिनेछ। यससँगै एमालेले हाल सञ्चालनमा रहेको च्यासलस्थित केन्द्रीय कार्यालय छाड्ने तयारी पनि गरेको छ।
बैठकमा महासचिव पोखरेलले पार्टी संगठनलाई थप चलायमान र प्रभावकारी बनाउन कार्यालय व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै भवन निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए।
बैठकमा नयाँ जिम्मेवारीअनुसार कार्यालय व्यवस्थापनका प्राविधिक तथा नीतिगत विषयमा समेत छलफल भएको बताइएको छ। साथै सचिवालय बैठकबाट प्राप्त अधिकारअनुसार केन्द्रीय कार्यालयले पार्टीका दैनन्दिन गतिविधि र निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि विमर्श भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - २०:०२
काठमाडौं । सन् २०२६ को सुरुआतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वलेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै नेपालप्रति अन...
जेष्ठ १९ गते, २०८३ - १९:५९
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा ...
जेष्ठ १९ गते, २०८३ - १९:५५
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक ब...
जेष्ठ १९ गते, २०८३ - १९:५४
काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनि...
जेष्ठ १९ गते, २०८३ - १९:५१
काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। महासचिव शं...
जेष्ठ १९ गते, २०८३ - १९:४६
भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३...
जेष्ठ १९ गते, २०८३ - १९:४२
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद तथा ३८ लाख ५० हजार १३९ रु...
जेष्ठ १९ गते, २०८३ - १९:३६
काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधानका लागि नयाँ ‘भूमि समस्या समाधान समिति’ गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ब...
जेष्ठ १९ गते, २०८३ - १९:२६
काठमाडौं । प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)सँग जोडिएका पछिल्ला विवादका कारण सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमाथिको बहस ओझेलमा...
जेष्ठ १९ गते, २०८३ - ०९:००
काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...



प्रतिकृया लेख्नुहोस्: