काठमाडौं । प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)सँग जोडिएका पछिल्ला विवादका कारण सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमाथिको बहस ओझेलमा परेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पर्याप्त छलफलविनै पारित भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट पनि प्रभावकारी बहसविनै पारित हुने अवस्था देखिएको छ।
गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर, कार्यक्रम वाचनकै क्रममा प्रधानमन्त्री बालेन बैठक छाडेर बाहिरिएपछि संसद्मा नयाँ विवाद सुरु भएको थियो।
नेपालको संसदीय अभ्यासमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले बैठक बीचमै छाड्ने घटना दुर्लभ मानिन्छ। यही विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा विरोध जनाएपछि नीति तथा कार्यक्रमको विषयवस्तुभन्दा प्रधानमन्त्रीको व्यवहार नै बहसको केन्द्र बन्न पुग्यो।
यसको असर स्वरूप नीति तथा कार्यक्रममाथि अपेक्षित छलफल हुन सकेन। विपक्षी दलहरूले सीमित रूपमा आफ्नो धारणा राखे पनि सत्तापक्षका धेरै सांसद बहसमा सक्रिय देखिएनन्।
उता, जेठ १५ गते प्रस्तुत बजेटमाथिको छलफल पनि विवादकै छायाँमा परेको छ। बजेट सार्वजनिक भएको भोलिपल्ट प्रधानमन्त्री बालेन संसद्मा सांसदहरूसँग अन्तरक्रियामा सहभागी भएका थिए। सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा उनले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिले नयाँ राजनीतिक तरंग सिर्जना गर्यो।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै माफी माग्नुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्। यही विषयलाई लिएर विपक्षीले लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।
विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरेका छन्। यसले बजेटमाथिको नियमित छलफल प्रभावित बनेको छ।
मंगलबार सभामुख अर्यालले विपक्षी दलहरूसँगको संवादमा उनीहरूले उठाएको विषयलाई गम्भीर रूपमा लिइएको संकेत गरेका थिए। उनले संसद्को कार्यसूची अगाडि बढाउन आग्रह गर्दै विवादित विषयमा पनि संवाद जारी रहने बताएका थिए। तर विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक पुनः स्थगित गर्नुपरेको हो।
नीति तथा कार्यक्रम प्रस्तुत हुँदा बीचमै बैठक छाडेका प्रधानमन्त्री बालेनले त्यसबारे सार्वजनिक रूपमा कुनै स्पष्टीकरण दिएका छैनन्। सीमासम्बन्धी अभिव्यक्तिबारे पनि उनले माफी माग्ने संकेत नदेखिएकाले संसद्मा बजेट बहस सहज रूपमा अघि बढ्ने सम्भावना तत्काल देखिएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: