Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

नेपालले अमेरिकालाई १२२ रनले हरायो

खबरडबली संवाददाता

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत  शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ बलमा अलआउट गर्दै १२२ रनको सानदार जित निकालेको हो । 

कीर्तिपुरस्थिति त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले अर्धशतक बनाए। दीपेन्द्रले ३६ बलको सामना गर्दै चार चौका र चार छक्काको मद्दतमा ५९ रन बनाए।

अन्तिम क्रममा विष्फोटक ब्याटिङ गरेका ऐरी रनआउट भएको हो । तेस्रो क्रममा ब्याटिङ गरेका इशान पाण्डेले ८४ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा ८४ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाउनुभयो भने ओपनर आशिफ शेखले ४३ रन बनाए। ओपनर कुशल भुर्तेलले २९ रन जोडेको खेलमा गुल्सन झा १५ रनमा आउट भए । आरिफ शेखले नटआउट १८ रन बनाउनुभयो भने सोमपाल कामीले चार रन जोड्दा नन्दन यादव एक रनमा आउट भए।

नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि शुभम रञ्जनेले तीन विकेट हात पर्नुभयो भने रुसिल उगारकर र मिलन्दु कुमारले एकएक विकेट हात परे। 

जवाफी ब्याटिङ गरेको अमेरिकाका लागि सञ्जयकृष्ण मूर्तिले अर्धशतकीय इनिङ खेले। उनले संकटमा देखिएको अमेरिकाको ब्याटिङ लाइनलाई उकास्दै ४४ बलको सामना गरेर ५६ रन बनाए। 

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पारे भने ललितनारायण राजवंशीले दुई विकेट हात पार्नुभयो । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एकएक विकेट हात परे।

लिग–२ को तालिकामा अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा छ । समान २८ खेल खेलेको नेपाल २४ अंकसहित पाँचौ स्थानमा कायम छ। योसँगै नेपालले अमेरिकालाई त्रिवि मैदानमा लगातार दोस्रो खेलमा हराएको हो । यसअघिको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । घरेलु मैदानमा भएको यो शृङ्खलाका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपालले महत्त्वपूर्ण ६ अंक जोडेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत  शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...

मधेशका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहर...

रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाइयो ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिन आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...

संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...

हुलाकमार्फत २१० जनालाई राहदानी

गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...

नेपाली चिया निर्यातको अवरोध हट्यो: परराष्ट्र मन्त्रालय

काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकाल...

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ: मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याण...

म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending