Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

२२ वर्षपछि आर्सनल च्याम्पियन, सिटीको बराबरीले टुट्यो उपाधि खडेरी

खबरडबली संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको अन्त्य गर्दै लिग ट्रफी उचालेको हो।

गएराति भएको खेलमा म्यानचेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनल एक खेल बाँकी हुँदै च्याम्पियन बनेको हो।

उपाधि दौडमा कायम रहन जित्नैपर्ने दबाबमा रहेको सिटीले महत्वपूर्ण अंक गुमाएपछि आर्सनलले चार अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि आफ्नो नाम गर्‍यो।

खेलको ३९औँ मिनेटमा एली क्रुपी जुनियरले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। इन्जुरी समयमा एर्लिङ हालान्डले सिटीका लागि बराबरी गोल फर्काए पनि त्यो पर्याप्त बन्न सकेन।

सिटीका प्रशिक्षक पेप ग्वार्डियोला यो सिजनपछि क्लब छाड्ने तयारीमा छन्। उनको दशक लामो यात्राको अन्तिम सिजनमै सिटी उपाधिबाट वञ्चित बनेको छ।

सिटीको बराबरीसँगै आर्सनल समर्थकहरूले लन्डनसहित विभिन्न स्थानमा भव्य उत्सव मनाएका थिए। अब आर्सनलले प्रिमियर लिगको अन्तिम खेल च्याम्पियन टोलीका रूपमा क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ।

आर्सनलले यसअघि सन् २००४ मा अन्तिम पटक प्रिमियर लिग उपाधि जितेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली ‘ब्ल्याक लेबल’ कारखानामा छापा, चार जना पक्राउ

ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...

वर्षासँगै पहिरोका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...

२२ वर्षपछि आर्सनल च्याम्पियन, सिटीको बराबरीले टुट्यो उपाधि खडेरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...

ट्रम्प फर्किएको चार दिनमै किन चीन पुगे पुटिन ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल केन्द्रित हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावब...

युद्धविरामकै बीच लेबनानमा इजरायली आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा महिला र बालबाल...

हिलो र धुलो हट्यो, बिम गाउँका पदमार्ग अब पक्की

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तल्लोगाउँ र डाँडागाउँमा कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको छ। गाउँको सौन्दर्य बढाउने र स्थानीय...

कार्की प्रकरणमा ‘सत्यतथ्य छानबिन होस्’ भन्ने आशिका तामाङको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि सामाजिक सञ्जालमा उठेको विवादबारे निष्पक्ष छानबिन गर्न माग गरेक...

पोखराबाट पहिलो पटक भारत सिधा उडान, बिरामी बोकेर भोपालतर्फ उड्यो जहाज

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतका लागि सिधा उडान भएको छ। श्री एयरलाइन्सको जहाजले मंगलबार दिउँसो पोखराबाट भारतको मध्यप्रदेशस...

बौद्धमा ‘पोल्याण्ड’ धन्दा, फोहोर थुप्रोबाट पेस्तोल बरामद

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा लागुऔषध र हतियार कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १२ केजी ‘पोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending