Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन : सभापति थापा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नपाउने बताएका छन्।

नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रममा शुक्रबार बोल्दै थापाले सरकार सधैँ संविधान, कानुन, ऐन र नियमको दायराभित्र रहनुपर्नेमा जोड दिए।

उनले भने, “म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन। प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ, उहाँ त्यही सीमाभित्र रहनुपर्छ।”

थापाले सरकार कानुनभन्दा बाहिर गएमा नेपाली कांग्रेसले त्यसको विरोध गर्ने दाबी गर्दै भने, “सरकार बहुमत छ भन्दै कानुन विपरीत ढंगले अघि बढ्छ भने कांग्रेस जीवित छ।”

उनले सरकारको व्यवहारप्रति टिप्पणी गर्दै सुकुमबासी बस्तीमा “झोक चलेको भरमा” डोजर चलाउन नहुने र व्यवसायीलाई प्रहरी प्रयोग गरेर जबर्जस्ती मन्त्रालयमा ल्याउन नपाइने बताए।

“मन लाग्यो भनेर बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,” उनले भने, “मन्त्रीलाई भेट्ने बहानामा व्यवसायीलाई प्रहरी लगाएर उठाएर ल्याउन पाइँदैन।”

थापाले अघिल्लो र वर्तमान दुवै सरकारप्रति संकेत गर्दै अघिल्लो सरकारले धेरै बोलेर विपक्षीलाई दबाउने प्रयास गरेको र वर्तमान सरकारले मौन बसेर वा व्यवहारबाटै विपक्षीलाई दबाएको टिप्पणीसमेत गरे।

उनको भनाइको सार भने सरकार जतिसुकै शक्तिशाली वा लोकप्रिय भए पनि संविधान र कानुनभन्दा माथि हुन नसक्ने हो।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकाल...

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ: मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याण...

म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नप...

पुराना र अव्यवहारिक कानुन संशोधन गरी युगसापेक्ष बनाउनुपर्छ- सभामुख अर्याल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छन् । पूर्वसांसद मञ...

सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदको माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्य...

टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिमका क्रममा बेहोस भएका सुरक्षाकर्मीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ। ...

पाँचथरको याङवरकमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

फिदिम। पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च...

दिपेन्द्रसिंह ऐरी र इशान पाण्डेको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत शुक्रबार जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण...

जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको...

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली। भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्ररूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । गर्मीबिच ऊर्जा उत्पाद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending