काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ ।
यसअघि नेपाल सातौँ स्थानमा थियो । पराजित स्कटल्यान्ड ३१ खेलबाट ३८ अङ्क जोड्दै शीर्षस्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २६ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले यस सिरिजको अन्तिम खेल अब ८ गते अमेरिकासँग खेल्ने छ ।
जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८।१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले। रोहितले अविजित ७४ रन बनाए । उनले ९८ बलमा पाँच चौका र दुई छक्का हाने। रोहितको यो खेल जीवनको १२औँ अर्धशतक हो ।
यस्तै इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५५ रन बनाए। ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाए।
आरिफ शेखले अविजित आठ र दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट भए। बलिङमा स्कटल्यानडका मार्क वाटले दुई तथा ब्रान्डन म्याकमुलेनले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ नै छक्का हान्नुभयो । माइकल इङग्लिसले ५१, जर्स मुन्सीले २१ र मार्क वाटले २० रन बनाए।
बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिए। सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए।
ललित राजवंशी प्लेयर अफ दि म्याच भए। यस खेलमा तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएको छन् ।
नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएको हो । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोडेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १६:५६
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...
जेष्ठ ४ गते, २०८३ - १६:४०
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...
जेष्ठ ४ गते, २०८३ - १६:२९
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...
जेष्ठ ४ गते, २०८३ - १६:१२
काभ्रे । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...
जेष्ठ ४ गते, २०८३ - १६:०२
काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...
जेष्ठ ४ गते, २०८३ - १५:५३
ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...
जेष्ठ ४ गते, २०८३ - १५:४६
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश...
जेष्ठ ४ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्वको अबको मुख्य उद्देश्य गुटगत राजनीति अन्त्य गरेर संगठनलाई एकताबद्ध र सुदृढ बना...
जेष्ठ ४ गते, २०८३ - १५:०९
काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। नेपाल बार एसो...
जेष्ठ ४ गते, २०८३ - १५:००
काठमाडौं। रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न खोजिएको भए न्यायिक पोशाक (कोट) खोलेर आउन चुनौती दिएकी छिन्। ...



प्रतिकृया लेख्नुहोस्: