Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

नेपाली चिया निर्यातको अवरोध हट्यो: परराष्ट्र मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको बताए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उनले उल्लेख गरे।

यसैगरी, नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्यान्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दै छ ।

कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका ७१ जना रहेका छन् । प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ ।

यसैबीच, विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको छ । व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।

राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ । असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र हाल राहदानी सेवा सुचारु रहेको मन्त्रालयले स्पष्ट पारेको छ । नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थामा सहजताका लागि पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

संयुक्त अधिराज्यकी पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राको नेपाल भ्रमण र परराष्ट्रमन्त्रीसँगको भेटवार्ता, एफएटीएफको ‘ग्रे लिस्ट’ बाट बाहिरिने सम्बन्धमा भएका प्रयासहरू तथा विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्टको कार्यान्वयनका विषयमा पनि प्रवक्ता क्षेत्रीले जानकारी गराए।

मन्त्रालयले आगामी जेठ २९ गते ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ भव्य रूपमा मनाउने र प्रोफेसर यदुनाथ खनाल प्रवचन शृङ्खलाको पाँचौँ संस्करण असारमा आयोजना गर्ने तयारी गरेको छ । साथै, सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयसँग सम्बन्धित २४ बुँदामध्ये ११ वटा सम्पन्न भइसकेको जानकारी दिइएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाइयो ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिन आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...

संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...

हुलाकमार्फत २१० जनालाई राहदानी

गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...

नेपाली चिया निर्यातको अवरोध हट्यो: परराष्ट्र मन्त्रालय

काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकाल...

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ: मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याण...

म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नप...

पुराना र अव्यवहारिक कानुन संशोधन गरी युगसापेक्ष बनाउनुपर्छ- सभामुख अर्याल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छन् । पूर्वसांसद मञ...

सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदको माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending